Showing posts with label gold. Show all posts
Showing posts with label gold. Show all posts

फेरी आकासियो सुनको भाउ : Gold Price

By
केहि दिन अघि देखि बढिरहेको सुनको भाउ शुक्रबार फेरी आकाशिएको छ ।

बिहिबारको भन्दा शुक्रबार सुनको मूल्य १ हजार ३ सयले बढेको छ । बिहिबार प्रतितोला ५४ हजार ५ सय रहेको सुनको मूल्य शुक्रबार बढेर ५५ हजार ८ सय ५० पुगेको छ ।

अन्तराष्ट्रिय बजारमै सुनको मूल्य बढेकोले नेपाली बजारमा पनि सुनको मूल्य बढेको ब्यबसायी बताउछन । यो संगै यस हप्ता सुनको मूल्य २७ सय ५० ले बढेको छ ।

अन्तराष्ट्रिय बजारमा पनि सुनको मूल्य बिहीबारको तुलनामा शुक्रबार २६ डलरले बढी प्रति औँस १३ सय ६६ दशमलब ७१ डलर पुगेको छ ।

चाँदीको भाउ भने यो हप्ता ९५ रुपैयाले बढेको छ । आइबार प्रतितोला ८ सय ६५ रहेको चांदीको मूल्य शुक्रबार भने ९ सय ६० पुगेको छ ।

बुधबार पनि घट्यो सुनको भाउ

By
स्थानीय बजारमा आज बुधबार पनि सुनको भाउ घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मुल्यमा प्रतितोला ५ सयले घटेको छ ।

नेपाल सुन चांदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला ५२ हजार ३ सय रुपैयामा कारोबार भइरहेको छ ।

त्यस्तै चादीको मूल्य भने आज प्रति तोला ८ सय ३० रुपैया तोकिएको छ जुन हिजो भन्दा तोलामा ५ रुपैयाले कम हो ।

अन्तराष्ट्रिय बजारमा सुनको भाउ स्थिर नभएकोले र डलर संग को नेपाली रुपैयाको विनिमय दरमा उतारचढाब भइरहेको कारणले पनि नेपाली बजारमा सुन चाँदीको मूल्यमा यसरि उतार चढाब आइरहेको हो ।


मंगलबार घट्यो सुनको भाउ

By
नेपाली बजारमा सुनको भाउ मंगलबार केहि घटेको छ । नेपाल व्यवसायी महासंघले मंगलबार को लागि छापावाला सुनको मूल्य प्रतितोला ५२ हजार ८ सय रुपैयाँ तोकेको छ ।

आइतबार सुनको मूल्य १२ सय ५० रुपैयाले बढेर ५३ हजार 3 सय पुगेको थियो । सोमबार पनि सोहि मुल्यमा कारोबार भएको सुन मंगलबार भने प्रति तोलामा ५ सय रुपैया घटेको छ ।

त्यस्तै मंगलबार तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय नै घटेर प्रति तोला ५२ हजार ५ सय ५० रुपैयामा कारोबार भैरहेको छ ।

चाँदीको भाउ भने सोमबारको तुलनामा मंगलबार तोलामा १० रुपैयाँ घटेर प्रति तोला ८ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।

सुनको भाउ फेरी आकासियो ..

By
बिगत केहि दिन देखि उतारचढाव भैरहेको सुनको मूल्य आज हप्ताको पहिलो दिन आइतबार बढेको छ ।

गत हप्ताको अन्तिम दिन शुक्रबार प्रति तोला ५२ हजार ५० रुपैयामा कारोबार भएको सुन आज आइतबार प्रतितोला १२ सय ५० रुपैयाले बढेर ५३ हजार ३ सय रुपैया पुगेको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार डलरको विनिमय दर र अन्तराष्ट्रिय बजारमा सुनको भाउमा भएको वृद्धिले गर्दा नेपाली बजारमा सुनको भाउ बढेको हो

यस्तै चाँदीको मूल्य पनि गत हप्ताको अन्तिम दिन शुक्रबार भन्दा आज आइतबार प्रतितोला २५ रुपैयाले बढी ८ सय २० प्रति तोलामा कारोबार भैरहेको महासंघले जनाएको छ ।



Link: Gold-price-goes-up-on-sunday

सुनको मुल्यमा भारि गिरावट

By
केहि दिन देखि निक्कै नै उतार चढाव भैरहेको सुनको मुल्य साताको अन्तिम दिन आज भने घटेको छ ।

आज सुनको मूल्य हिजोको तुलनामा १ हजारले कमि आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले साताको अन्तिम दिन आज छापावाल सुनको मूल्य प्रतितोला ५२ हजार ५० रुपैयाँ तोकिएको जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार भन्दा शुक्रबार सुन प्रतिऔँस ३० अमेरिकी डलरले कमि भएकोले नेपाली बजारमा पनि सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका महासचिव माणिकरत्न शाक्यले बताउनु भयो ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार प्रतिऔँस एक हजार ३ सय १८ अमेरिकी डलर रहेकामा आज भने घटेर २८८ डलर प्रतिऔँस कायम भएको थियो ।

नेपाल सुन चाँदी महासंघले नेपाली बजारमा शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ५२ हजार ८ सय तोकेको छ भने बिहिबार भने प्रतितोला ५२ हजार ८ सय मा कारोबार भएको थियो ।

त्यस्तै चाँदी भने तोलाको ८ सय २० मा कारोबार भएको छ जुन बिहिबारको मुल्यमा १० रुपैया कम हो ।

बिहिबार सुनको भाउ लाग्यो ओरालो

By
डलर संगको विनिमय दरमा नेपाली रुपैया कमजोर भएकोले एक्कासी बढेको सुनको भाउ आज केहि घटेको छ ।

आज बिहिबार छापावाल सुन प्रति दशग्राम अर्थात् १ तोलाको ५३ हजार ४८ रुपैयामा कारोबार भएको छ ।

हिजो बुधबार ५३ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य बिहिबार भने ८ सय ५२ ले कमि आइ प्रतितोला ५३ हजार ४८मा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य भने तोलाको ५२ हजार ७ सय ९८ रुपैया तोकेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चादी भने प्रति तोला ८ सय ३० मा कारोबार भएको थियो । यो मूल्य हिजोको भन्दा १० रुपैयाले कम हो ।

आज पनि बढ्यो सुनको भाउ

By
आज मंगलबार पनि सुनचांदीको भाउ बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मल्य रु ५०० ले बढेको छ ।

आइतबार भन्दा सोमबार सुनको मूल्य प्रति तोला रु १००० ले बढेको थियो ।

नेपाली सुनचाँदी ब्यबसायीका अनुसार सोमबार प्रतितोला ५२ हजार २ सय मा कारोबार भैरहेको सुन मंगलबार भने प्रतितोला ५२ हजार ७ सयमा कारोबार भैरहेको छ ।

अन्तराष्ट्रिय बजारमा नै सुनको मूल्य बढेको कारणले नेपाली बजारमा पनि सुनको मूल्य बढेको महासंघ ले जनाएको छ ।

आज चादीको मूल्य पनि हिजो को तुलनामा तोलामा १५ रुपैयाले बढेको छ । मंगलबार छाडी तोलाको ८ सय ४० रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।

सुनको मूल्य फेरी आकासियो ...

By
केहि समय देखि निक्कै नै अस्थिर रहेको सुनको मूल्य आज फेरी आकाशिएको छ ।

शुक्रबारको तुलनामा २ सय रुपैया घटेर आइतबार ५१ हजार २ सय मा कारोबार भएपछि सोमबार अझै घटने आशा गरिरहेका ब्यापारी अनि ग्राहकहरु नै अचम्मित हुने गरि सुनको भाउ एक्कासी बढेको छ ।

आइतबारको तुलनामा सुनको मूल्य १ हजारले बढेर सोमबार सुनको मूल्य ५२ हजार २ सय रुपैया प्रतितोलामा कारोबार भैरहेको नेपाल सुन चांदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको र डलर संगको नेपाली रुपयाको विनिमय दर पनि उच्च रहेकोले सुनको मूल्य यसरि बढेको ब्यबसायीहरु बताउछन ।

अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य हिजोको तुलनामा प्रति औँस २७ डलरले बढेर १३ सय २१ दशमलब ८५ डलर प्रति औँस पुगेको छ ।


उकालो लाग्दैछ सुनको मूल्य

By
चार दिन सम्म स्थिर रहेको सुनको मूल्य सोमबार भने बढेको छ ।

गत बुधबार देखि ५० हजार ४ सयमा कारोबार भैरहेको सुनको मूल्य सोमबार भने रु ५००ले बढेको नेपाल सुन चांदी व्याबसायी महासंघले जनाएको छ ।

डलरको चर्को विनिमय दर र सुनको भाउमा अन्तर्राष्ट्रिय स्तरमै वृद्धि भएकोले नेपालमा पनि सुनको मूल्य बढेको महासंघले जनाएको छ । आज नेपाली बजारमा सुन प्रतितोला ५० हजार ९ सयमा कारोबार भैरहेको छ ।
उता अन्तराष्ट्रिय बजारमा भने आज सोंको मूल्य प्रति औँस १२ सय ९० डलर छ ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ५ रुपैयाले बढेर प्रतितोला ८ सय ३५ मा कारोबार भैरहेको महासंघले जनाएको छ ।

ह्वात्तै बढ्यो सुनको भाउ

By
आज बिहिबार सुनको मुल्यमा वृद्धि भएको छ । नेपाली बजारमा आज बिहिबार सुनको मूल्य हिजो बुधबार भन्दा ११ सयले बढेको छ ।

नेपाल सुन चांदी ब्यबसायीका अनुसार बिहीबारको लागि छापावाल सुनको मूल्य प्रति तोला ५० हजार ४ सय रुपैया तोकिएको छ भने तेजाबी सुन प्रति तोला ४९ हजार ५० रुपैया मा कारोबार भैरहेको छ ।


बुधबार भने मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला ५०० घटेको थियो । त्यस्तै चाँदीको मूल्य पनि बिहिबार २० रुपैया बढेर प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।
पछिल्ला दिनहरुमा सुनको मूल्य अस्थिर रहिरहेको छ ।

१७ करोड ५० लाख मूल्य बराबरको सुन बरामद , हेर्नुहोस भिडियो ..

By
चीनको खासा बाट नेपाल हुदै भारत लैजान लागिएको ३५ किलो सुन आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले बरामद गरेको छ । आज बिहान ५:३० बजे राजधानीको कोटेश्वरबाट उक्त ३५ किलो सुन प्रहरीले बरामद गरेको थियो ।

प्रहरीले उक्त सुन बिस्कुटको आकारमा ३५ टुक्रा रहेको र प्रत्यकको तौल १ १ किलो रहेको जनाएको छ । उक्त सबै सुनको मूल्य बुधबार ( आज)को मूल्य अनुसार करिब १७ करोड ५० लाख पर्ने पनि प्रहरीले बताएको छ ।

फेरी सुरु गर्यो सुनको भाउ घट्न

By
गत हप्ता बढेको सुनको भाउ यो हप्ता भने ओरालो लाग्ने संकेत गरेको छ । हप्ताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ७ सय ५० रुपैया घटेको छ ।

अहिल्लो हप्ताको अन्तिम दिन सुक्रबार तोलाको ४९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भैरहेको सुन आज आइतबार ४८ हजार ६ सयमा कारोबार भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमै भाउ घटेकाले नेपाली बजारमा पनि भाउ घटेको जनाएको छ ।

यस्तै चादीको मूल्य भने आज प्रतितोला ८ सय रहेको छ । चाँदी गत हप्ताको अन्तिम दिन शुक्रबार भन्दा तोलामा १५ रुपैयाले घटेको छ ।

फेरी बढ्न थाल्यो सुनको भाउ

By
केहि दिन देखि निक्कै उतारचढाव भइ भैरहेको सुनको मूल्य आज भने बढेको छ ।

आइतबार र सोमबार प्रतितोला ४८ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य आज ६ सय ५० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी ब्यबसायी संघका अनुसार सुनको मूल्य आज प्रतितोला ४९ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बढ्यो सुनको भाउ

By
एक हप्ता अघि देखि घट्दै आएको सुनको मूल्य आज आइतबार बढेको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको भाउमा भैरहेको उतारचढाव भएकोले नेपाल बजारमा पनि सुनको मूल्य घटबढ भएको सुनचादी ब्यबसायी बताउछन ।

बिहिबार भन्दा १४ सयले घटेर शुक्रबार प्रतितोला ४८ हजार १ सय भएको सुनको भाउ आइतबार फेरी बढेको छ ।

सुनको भाउ तिन बर्षकै सबै भन्दा कम

By
आइतबार देखि निरन्तर ओरालो लागेको सुनको भाउ आज शुक्रबार झनै घटेको छ । हिजो बिहिबार भन्दा आज शुक्रबार सुनको मुल्यमा १४ सय रुपैयाले घटेर प्रतितोला ४८ हजार १ सय रुपैयाँमा झरेको छ ।

करिब ३ बर्ष अघि नेपालमा यहि मुल्य बराबरमा सुन पाइन्थ्यो । झन्डै २ महिना अघि सुनको मूल्य ४८ हजार ६ सय ९७ रुपैया मा झरे पनि फेरी बढेको थियो ।

नेपाल सुनचांदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्य अन्तर्राष्ट्रिय बजारको सुनको भाउ र नेपालमा डलरको बिनियम दरमा उतारचढाव आएको कारणले गर्दा सुनको भाउमा यसरी तल माथि भइ रहेको बताउनु हुन्छ ।

डलर बढेपछि बढ्यो सुनको मूल्य ..

By

आइतबार देखि बुधबार सम्म लगातार घटिरहेको सुनको मूल्य बिहिबार भने केहि बढेको छ |

बुधबार ८५० रुपैयाँले घटेर प्रतितोला ४९ हजार ३ सय ५० भएको सुनको मूल्य आज बिहिबार १ सय ५० रुपैयाले बढेको छ |

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य ४९ हजार ५ सय तोकिएको छ ।

सुनचाँदीको भाउ ह्वात्तै घट्यो, अझै घट्ने सम्भावना

By
केहि दिन देखि लगातार ओरालो लागेको सुनको मुल्य आज पनि ओरालो नै लागेको छ ।

 डलरको भाउमा खासै परिवर्तन नभएपनि अन्तराष्ट्रिय बजारमा नै सुनको भाउमा गिरावट आएकोले नेपाली बजारमा पनि यसरि सुनको मूल्यमा कमि आएको नेपाल सुन चांदी ब्यबसायी महासंघले जनाएको छ ।
महासंघले हिजो मंगलबार भन्दा आज बुधबार सुन प्रतितोला ८ सय ५० रुपैयाले घटेर ४९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको जनाएको छ ।

सस्तो हुदै छ सुन, मंगलबार पनि घट्यो मूल्य

By
केहि दिन देखि सुनको मुल्यमा लगातार गिरावट आइरहेको छ ।

१० दिन सम्मको आन्दोलन पछि खुलेको सुनचाँदीको कारोबारमा आइतबार नै सुन २५ सयले घटेर ५० हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस दिन देखि नै घटना थालेको सुनको मूल्य सोमबार फेरी प्रति तोला १ सयले घटी ५० हजार ४ सय रुपैयामा कारोबार भएको थियो ।

त्यस्तै आज मंगलबार पनि सुनको मूल्य घटेको छ । मंगलबार पनि सोमबारको तुलनामा २ सय ले घटी प्रतितोला ५० हजार २ सय रुपैयामा कारोबार भएको छ ।

ब्यबसायी र सरकार बीच बार्ता सफल, घट्ने भो सुनको भाउ

By
सरकारले गरेको अनुगमन बिरोध जनाउदै आन्दोलनरत व्यवसायी र सरकार बीच बार्ता भएपछि गत १० दिन देखि बन्द रहेका सुन चांदी पशल खुल्ने भएका छन् ।

शुक्रबार सरकार संग भएको बार्तामा तिन बुदे सहमति भएको छ । बाणिज्य विभागका एक अधिकारिले तिन बुंदे सहमतिमा यस अघि अनुगमन गर्दा दोषि देखिएका व्यवसायीलाई कारबाही नगर्ने सहमती पनि भएको बताएका छन् ।

सुन चाँदीको कारोबार ५ दिन देखि ठप्प

By // No comments:
सरकारले गरेको अनुगमन बिरोध जनाउदै सुनचादी ब्यबसायीले आज पाँचौ दिन पनि कारोबार ठप्प पारेका छन् ।

बार्ता हुन नसकेपछि आज पनि सुन चाँदीको कारोबार ठप्प भएको हो ।

सरकार संग बार्ता गरेर आफ्नो माग पुरा नभए सम्म कारोबार संचालन नगर्ने सुनचाँदी ब्यबासायिले चेतावनि दिएका छन् ।

५ दिन सम्म कारोबार ठप्प हुँदा सरकारलाई ५ दिनमा करिब डेड करोडको घाटा हुन्छ ।

सुनमा ठगि भएको भन्दै सरकाले अनुगमन थालेको थियो तर ब्यबसायीले भने सरकारको अनुगमन गरि कारबाही गर्ने तरिका ठिक नभएको भन्दै बिरोध गर्दै आएकोमा ५ दिन देखि कारोबार नै ठप्प पारि आन्दोलन गर्न थालेका हुन् ।

आन्दोलनको क्रममा देशभर रहेका करिब १२ हजार पसल प्रभावित छन् ।