
आइतबार र सोमबार प्रतितोला ४८ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य आज ६ सय ५० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी ब्यबसायी संघका अनुसार सुनको मूल्य आज प्रतितोला ४९ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तराष्ट्रिय बजारमा सुनको भाउ केहि समयदेखि स्थिर नरहेकोले गर्दा नेपालमा पनि सुनको भाउमा तलमाथि भइ रहेको हो ।
आज चाँदीको भाउ भने तोलामा ८ सय १५ रुपैया रहेको छ ।