Showing posts with label Sports. Show all posts
Showing posts with label Sports. Show all posts

एनआरटीले ए डिभिजन लिग ‘नखेल्ने’ NRT decides to 'skip' A-Division League

By // No comments:
नेपाली फुटबलको पुरानो क्लवमध्येको न्युरोड टिम (एनआरटी) ले अर्को बर्षको 'ए' डिभिजन लिग नखेल्ने निर्णय गरेको छ |

गत बर्षको 'ए' डिभिजनमा पाँचौ स्थानमा रहेको एनआरटीले आर्थिक कारण देखाउदै केहि समयको लागि 'ए' डिभिजनमा सहभागी नहुने जनाएको छ |

आज बसेको साधारणसभाले आर्थिक भार बोकेर फुटबल खेल्न नसक्ने निर्णय गरेको क्लबले जनाएको छ |

सेमिफाइनलमा नेपाल युएईसँग खेल्ने

By // No comments:
एसीसी ट्वान्टी-२० कपमा सिंगापुर संगको शानदार जित संगै सेमी फाइनलमा प्रवेश गरेको नेपालले सेमिफाइनलको खेल युएईसँग खेल्ने भएको छ | आइतबार बहराइनलाई ११४ रनले पराजित गरेसँगै युएई समूह 'बी'को विजेता बनेको थियो |

नेपालले जित्यो,सेमी फाइनलमा प्रवेश

By // No comments:
एसीसी ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा नेपालले सिंगापुरलाई पराजित गरेको छ | नेपालले २११ रन को लक्ष्य दिएको थियो भए सिंगापुरले मात्र ८९ रन बनाउन सक्यो | यसरि नेपालले १२१ रनले सिगापुरलाइ पराजित गरेको छ |

यो हार संगै अब सिंगापुर समूहको अन्तिम स्थानमा रहेको छ |

नेपालले सिंगापुरलाई दियो २१० रनको चुनौति

By // No comments:
काठमाडौँमा भइरहेको एसिसी ट्वान्टी-२० कप क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा नेपालले सिंगापुरलाई २११ रनको लक्ष्य दिएको छ ।

विनोद भण्डारीको अर्धशतकसँगै कप्तान पारस खड्काको ४४, उपकप्तान ज्ञानेन्द्र मल्लको ११ बलमै चार छक्का र १ चौकासहित ३० रनको आक्रामक पारी, ११ बलमा ३ छक्कासहित २६ रन अनि प्रदीप ऐरीको ३० रनको मद्धतले नेपालले यति ठुलो स्कोर गर्न सकेको हो |

मलेसिया र अफगानिस्तान विजयी

By // No comments:
एसिसी ट्वान्टी-२० कप प्रतियोगिता अन्तर्गत आज भएका खेलहरुमा मलेसिया र अफगानिस्तान विजयी भएका छन्। त्रिविवि मैदानमा आज बिहान भएको खेलमा मलेसियाले सिंगापुरविरुद्ध छ विकेटको फराकिलो जित दर्ता गरेको हो। पहिले ब्याटिङ गर्दै सिंगापुरले दिएको १७२ रनको लक्ष्यलाई मलेसियाले १२ बल बाँकी छँदै पूरा गरेको हो।

मच्छिन्द्र हराउँदै मनाङ सुपर लिगको दोस्रो स्थानमा

By // No comments:
मनाङ–मस्र्याङ्दी क्लव राजधानीमा जारी शहीद स्मारक रेडबुल सुपर लिग फुटबल प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको छ ।

उपाधि दावेदारीलाई कायमै राख्ने क्रममा मनाङले आज मच्छिन्द्र फुटबल क्लवलाई ३–० ले पराजित ग-यो ।

थ्रीस्टार र मनाङ मर्स्याङ्दी भिड्दै

By // No comments:
सहिद स्मारक ए डिभिजन सुपर लिग अन्तर्गत आज मंगलबार दिउँसो साढे ३ वजेपछि दशरथ रंगशालामा थ्रीस्टार र मनाङ मर्स्याङ्दी क्लबवीच प्रतिस्पर्धा हुँदैछ । आजको थ्रीस्टार र मनाङ मर्स्याङ्दी बीच हुने खेल प्रतिस्पर्धात्मक हुने अनुमान छ |

सुपर लिगमा अहिलेसम्मका ३ खेलमध्ये थ्रीस्टारले २ खेल गुमाईसकेको छ भने मनाङ मर्स्याङ्दीले २ खेलमा जित आफ्नो हातमा पारेको थियो भने एउटा अर्को खेल बराबरी मा खेलेको थियो | लिगको सुरुमै यी दुइ बीच भएको खेलमा थ्रीस्टारले १–० ले मनाङ मर्स्याङ्दी जितेको थियो |

सुपर लिगमा पुलिस र एनआरटीसंगको खेलमा थ्रीस्टारले हार बेहोरेको थियो थियो भने फ्रेण्डस् क्लबलाइ जितेको थियो । त्यस्तै मनाङले आर्मी र आरसिटीलाई जितेको थियो भने फ्रेण्डसलाइ बराबरीमा रोक्न सफल भएको थियो |

अहिले सम्म ३८ अंक पाएर शीर्ष स्थानमा रहेको थ्रीस्टार आजको खेल जित्दै उपाधी आफ्नो हातमा पर्ने योजनामा छ भने अहिले सम्म ३३ अंक ल्याएको मनाङ मर्स्याङ्दीले पनि पहिलो हारको बदला लिएर उपाधि आफ्नो हातमा लिने तरखरमा छ |

Three Star and Manang Marshyangdi are playing football


नवौँ एन–प्याब्सन स्पोर्टस् मिट सुरु

By // No comments:

पोखरा, २० मङ्सिर । नेसनल प्याब्सन कास्कीको आयोजनामा आजदेखि पोखरा रङ्गशालामा नवौँ एन–प्याब्सन स्पोर्टस् मिट सुरु भएको छ ।

मङ्सिर २३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेसनल प्याब्सनमा आबद्ध ४० वटा विद्यालयको सहभागिता रहेको छ ।

प्रथम मनमोहन स्मृति कप फुटबलमा शेषमती युवा क्लब

By // No comments:

नुवाकोट आदर्श बहुमुखी क्याम्पस खेल मैदानमा बुधबारदेखि प्रथम मनमोहन स्मृति कप फुटबल प्रतियोगिता सञ्चालन भइरहेको छ ।

कोलनी युथ सर्कल र टाइगर क्लब त्रिशूलीबीच भएको पहिलो खेल एक एक गोलको बराबरीमा टुङ्गिएको छ । शेषमती युवा क्लब काठमाडौँ र धुन्चे युवा समूह रसुवाबीच भएको दोस्रो खेलमा १ विरुद्ध दुई गोल गरी शेषमती विजयी भएको छ ।

सफल पोखरा कपमा एपिएफद्वारा फ्रेण्ड्स पराजित

By // No comments:

पोखरा, कात्तिक १४ - पोखरामा सुरु भएको सफल पोखरा कप अन्तर्राष्ट्रिय फुटवल प्रतियोगिताको पहिलो खेलमा शसस्त्र प्रहरीको एपिएफ क्लवले फ्रेण्ड्स क्लवलाई ४–३ ले हराएको छ ।

जितपछि एपिएफ क्वाटर फाइनलमा पुगेको छ भने फ्रेण्ड्स प्रतियोगिताबाट बाहिरिएको छ ।

एनसेल कपमा एपिएफलाइ हराउदै मध्यपुर युथ बिजयी

By // No comments:

काठमाडौंको दशरथ रंगशालामा आयोजित एनसेल कफ फुटबल प्रतियोगितामा मध्यपुर युथ एसोसिएसन बिजयी भएको छ |
आज आइतबार भएको प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लवलाई १–० ले हराएको हो |

सातदोबाटोमा बन्ने भो थप २ टेनिस कोर्ट

By // No comments:

अन्तर्राष्ट्रिय टेनिस महासंघ (आईटीएफ)ले थप २ वटा टेनिस कोर्ट बनाउन सहयोग गर्ने भएको छ |

 नेपालले अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्न कम्तिमा पनि ६ वटा टेनिस कोर्ट आबश्यक हुन्छ, अहिले सातदोबाटोमा २ निर्माणाधीन सहित ६ कोर्ट छन् |

अब दुइ वटा टेनिस कोर्ट बनेपछि ८ वटा टेनिस कोर्ट हुनेछ |

ट्वान्टी -ट्वान्टी विश्वकप क्रिकेट आजदेखी सुरु हुने

By // No comments:
ट्वान्टी -ट्वान्टी विश्वकप क्रिकेटको चौंथो संस्करण आज मंगलबार देखि श्रीलंकाको कोलम्बोमा सुरु हुदै छ |

मंगलबार साझ श्रीलंकाका राष्ट्रपति महिन्द्रा राजापाक्षे उद्घाटन गरेपछि सुरु हुने प्रतियोगितामा पहिलो प्रतियोगिता घरेलु टोली श्रीलंका र जिम्बाबे बिच खेल हुने भएको छ |

१२ राष्ट्रको सहभागिता भएको उक्त प्रतियोगितामा सहभागी राष्ट्रहरुलाई ४ भागमा बिभाजित गरिएको छ |

साफमा नेपाल ३-१को अन्तरले भारतसंग पराजित

By // No comments:
पाकिस्तान र श्रीलंकालाई ठुलै अन्तरले हराउदै फाइनलमा प्रवेश गरेको नेपाली टिमले दोस्रो साफ महिला च्याम्पियनसिप फुटबलको उपविजेतामा चित्त बुझाउनु परेको छ |

आइतबार श्रीलंकाको कोलम्बोमा भएको दोस्रो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा भारतले नेपाललाई ३-१ ले पराजित गरेको हो |