
पोखरा, कात्तिक १४ - पोखरामा सुरु भएको सफल पोखरा कप अन्तर्राष्ट्रिय फुटवल प्रतियोगिताको पहिलो खेलमा शसस्त्र प्रहरीको एपिएफ क्लवले फ्रेण्ड्स क्लवलाई ४–३ ले हराएको छ ।
जितपछि एपिएफ क्वाटर फाइनलमा पुगेको छ भने फ्रेण्ड्स प्रतियोगिताबाट बाहिरिएको छ ।
पोखरा रंगशालामा एपिएफलाई जिताउन अर्जुन सुब्बाले ४७ औं र ८८ औं मिनेटमा गरी २ गोल गरे । यस्तै गणेश लावतीले ३६ औं मिनेटमा र श्याम नेपालीले ६३ औं मिनेटमा गोल गरेका थिए ।
फ्रेण्ड्स क्लवका जगजित श्रेष्ठले ८९ औं र दोश्रो हाफको इन्जुरी समयमा गरी २ गोल फर्काए । यसअघि ४० औं मिनेटमा फ्रेण्ड्स क्लवका रितेश मल्लले एक गोल गरेका थिए ।
प्रतियोगिताको दोश्रो खेलमा वुधवार न्युरोड टिम एनआरटी र पोखरा ११ बीच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा स्वदेशी र विदेशी गरि १२ टिम सहभागी छन् ।
कात्तिक २५ गतेसम्म चल्ने प्रतियोगिताको उपाधी बिजेताले ३ लाख ५ हजार र उप–विजेताले १ लाख ५० हजार रुपैया पुरस्कार पाउनेछन् ।
-Unn.com.np
0 comments:
Post a Comment