विश्व चलचित्र इतिहास मै पहिलो पटक आठ बर्षीय बालकले निर्देशन गरेको चलचित्र ‘लभ यु बाबा’को नयाँ ट्रेलर रिलिज गरिएको छ । आइतबार सार्बजनिक गरिएको उक्त ट्रेलरमा ८ बर्षीय निर्देशक सौगात बिष्टले कसरि कलाकारहरुलाई अभिनय गर्न निर्देशित गरे भन्ने पनि देख्न सकिन्छ ।मङ्सिर २६मा रिलिज हुन लागेको यो सिनेमाको कथा सौगातका काका गम्भीर बिष्टको हो, गम्भीर बिष्ट नृत्य निर्देशक पनि हुन् । सौगातका बुबा गजित बिष्ट र दिदि संगम बिष्टले यो चलचित्रमा मुख्य कलाकारको रुपमा अभिनय गरेका छन् भने अन्य मुख्य कलाकारमा अशिष्मा नकर्मी, निश्मा घिमिरे रहेका छन् ।







