
अस्लिल दृश्यहरु राखेर तयार पारिएको चलचित्र ए टि एम शुक्रबार देखि प्रदर्शनमा आएपनि आउने बित्तिकै प्रदर्शन रोक्न संचारमन्त्रालयले आदेश दिएपछि उक्त चलचित्रको प्रदर्शन रोकिएको थियो |
youtube मा राखिएको प्रोमो नै नेपाली समाजमा गाह्रो हुने देखिएको थियो | प्रोमोले चलचित्रमा बिबादित नै बनेको थियो |
चलचित्र हदै अस्लिल भएको भन्दै सेन्सर बोर्डले ३२ पटक सेन्सर गरेर १ घन्टाको मात्र बनाएको हल्ला पनि चलेको थियो |
चलचित्र १ घन्टाको बनेपछि तोकिएकै समयमा चलचित्र प्रदर्शन गर्न हतार हतार पुन: सुटिंग गरिएको समाचार पनि प्रकाशमा आएका थिए |
जस्तै हल्ला भए पनि शुक्रबार चलचित्र हलमा आयो र पहिलो सो मा धेरैजसो चलचित्र भवनमा हाउसफुलको व्यवसाय गरेको थियो | तर सेन्सर बोर्डले काट्न भनेको दृश्य नकाटी हलमा प्रदर्शन गरेको भन्दै पहिलो सो पछि प्रदर्शन बन्द गरिएको थियो |
तर निर्माताले भने सेन्सर बोर्डले काटेको दृश्य आफुले प्रदर्शनमा नराखेको तर एक सेक्स्युअल म्युजिक हटाउन बिर्सिएकोले रोक लागे पनि आइतबारबाट अहिले विवादमा आएका सबै दृश्य र संगीत काटेर पुन:प्रदर्शनमा ल्याउने बताएका छन् |
उता सेन्सरले भने यो चलचित्र पुन: प्रदर्शन गर्न दिने नदिने निर्णय गरेको छैन | एटिएम देशभरिका करिब ६० हलमा एकै पटक प्रदर्शन भएको थियो |
दिनेश थापाको प्रस्तुतिमा कुस्मा बुढाथोकीले निर्माण गरेको यस चलचित्र एटिएमका निर्देशक यादव सिलवाल हुन् । यसमा तीन नायिका जीया केसी, सोनीया शर्मा र सविना कार्कीका साथै निर्माता थापा मुख्य भूमिकामा छन् । चलचित्रमा तीनैजना नायिकासित नायकका थुप्रै उत्तेजक दृश्य छन् |
0 comments:
Post a Comment