‘गंगनम स्टाइल’ भो अत्यन्तै चर्चित, राजेश हमाल पनि ‘गंगनम स्टाइल’

By
Advertisement

कहिले काही मानिसले सोचेको भन्दा पनि राम्रो नतिजा पाउछ | कहिले काहिँ थोरै मेहनतमा पनि सफलता पाइन्छ |

‘गंगनम स्टाइल’ पनि यस अन्तरगरत नै पर्छ | अहिले युट्यूबमा सर्बाधिक लोकप्रिय बनेको छ यो भिडियो |

३४ बर्षीय गायक तथा र्‍यापर पार्क जे स्याङ (पिएसवाइ- PSY)ले गित गाएको यो भिडियो हाल सम्म ( यो पोस्ट तयार गर्दा सम्म) ८१ करोड २७ लाख भन्दा बढीले हेरिसकेका छन् |

आफुले स्वदेशी फ्यानका लागि मात्र भनेर गएको यो गित यति धेरै चर्चित भएपछि गायक अत्यन्तै खुसि भएका छन् यो गीतले अहिले सम्मकै सबै भन्दा बढी हेरिएको भन्दै नया रेकर्ड कायम गरेको छ |

त्यसो त कोरियाली भाषा नजान्नेहरु पनि यो गित सुनिरहेका नै छन् | सुन्ने हरु मध्ये धेरै जसोलाई यो गीतको अर्थ पनि थाहा छैन, यो गीतमा भनिएको शब्द पनि राम्रो संग बुझेका हुन्नन धेरै ले |

यो गित को भिडियोले जस्टिन बिबरको ‘बेबी’लाइ पछि पछि परेको छ | जस्टिन बिबरको ‘बेबी’ हालसम्म ८१ करोड भ्यु मै छ भने ‘गंगनम स्टाइल’ को ८१ करोड २७ लाख भन्दा बढी भ्यु भइ सकेको छ |

त्यसो त ‘गंगनम स्टाइल’ सबै भन्दा धेरै लाइक गरिएको भिडियो पनि बनेको छ | यसमा लाइक गर्नेहरु ५४ लाख पुगिसकेका छन् |
अहिले सम्म सबैभन्दा बढी डिस्लाइक गरिएको रेकर्ड भने बाइबरको ‘बेबी’ नै रहेको छ |

गंगनम स्टाइल भर्सेज जस्टिन बिबर

गंगनम स्टाइल एक मिनेटमा ४ हजार ६२ भ्यू हुन्छ भने बिबरको बेबी ५ सय ५० भ्यू ।
गंगनम स्टाइलले एक मिनेटमा २९ लाइक पाउँछ भने बेबीले १ लाइक ।
गंगनम स्टाइल एक मिनेटमा १.७ डिस्लाइक हुन्छ भने बेबी ४.३ डिस्लाइक ।
गंगनम स्टाइलले एक मिनेटमा १६ कमेन्ट पाउँछ भने बेबीले ६ कमेन्ट ।

उज्यालो अनलाइनको सहयोगमा

गंगनम स्टाइलमा राजेश हमाल पनि

बिश्वका धेरै संगित प्रेमीहरुले यो गीतमा आफ्ना देशका चर्चित भिडियोलाई मिक्स गरेका छन् | त्यस्तै नेपाली संगित प्रेमीले नायक राजेश हमाल र नायिका करिस्मा मानन्धरले अभिनय गरेको सुपरहिट नेपाली चलचित्र ‘साथी’ को ‘मलाई पनि अंग्रेजीमा बोल्न सिकाइदेउ न’ बोलको गितको भिडियो लाइ यो गितमा मिक्स गरेर ‘गंगनम स्टाइल’ मा ढालेर यस्तो बनाएका छन् |

जस्टिन बिबरको ‘बेबी’ यो भन्दा अघि सर्बाधिक हेरिएको भिडियो भने यस्तो थियो

0 comments:

Post a Comment