बसमै बच्चा जन्मिएपछि

By
Advertisement

आइतबार बिहानै देखि सुत्केरी बेथाले च्यापेपछि बिराटनगर ल्याउदै गर्दा एक महिलाले बस् भित्रै बच्चा जन्माएकी छिन |

बेथाले च्यापेपछि संखुवासभा जलजला ८ की गायत्री अधिकारीलाइ उनका परिवारले वाना स्वास्थ्य चौकी पुर्याएका थिए |

तर वाना स्वास्थ्य चौकीले त्यहाँ सुत्केरी गराउन नसक्ने भनेपछि उनलाई धरानमा रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तर्फ लैजादै गर्दा ना ४ ख ६९८५ नम्वरको गौरी यातायातमा दिउसो बच्चा जन्माएकी थिइन |


स्वास्थ्य संस्थामा लैजान एम्वुलेन्स नापयेपाची उनलाई सार्बजनिक बसमै राखेर लगिदै थियो |तेह्रथुमको देउरालीमा आउदै गर्दा बच्चा जन्मिएपछि उनको सालनाल प्राथमिक स्वास्थ्य केन्द्र वसन्तपुरका स्वास्थ्यकर्मीले वस भित्रै काटेका थिए ।

अहिले प्राथमिक स्वास्थ्य केन्द्र वसन्तपुरमा रहेका आमा र बच्चाको स्वास्थ्य स्थिति भने सामान्य रहेको छ |
डेमो तस्बिर: गूगल

0 comments:

Post a Comment