एक सय पचासवटा पेट्रोलियम पम्पमा जाँच

By
Advertisement

विराटनगर, १० मङ्सिर । गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनगरले पूर्वाञ्चलका १५० वटा पेट्रोलियम पम्पको आकास्मिक जाँच गरेको छ ।

विभिन्न स्थानबाट गुनासो आएपछि आकस्मिक निरीक्षण एवम् अनुगमन गरेको बताइएको छ ।


कार्यालय प्रमुख शशीभूषण यादवको नेतृत्वमा खटिएको टोलीले मोरङ, सिरहा, सप्तरी, उदयपुर, झापा तथा इलाम जिल्लामा सञ्चालित पम्पमा तौल जाँच मेसिनको निरीक्षण गरी कमी कमजोरी देखिएकोलाई सचेत गराइएको बताइएको छ ।

साथै सोही कार्यालयबाट खटिएको टोलीले झापाको दमकलगायतका बजार क्षेत्रमा रहेको ग्यास सिलिन्डर, व्यावसायिक तथा औद्योगिक फर्ममा रहेका इलेक्ट्रिक नापतौल यन्त्र तथा ढक तराजुको पनि जाँच गरी अनुमतिपत्र वितरण गरेको प्रमुख यादवले बताउनुभयो । रासस

0 comments:

Post a Comment