बुद्धको जन्मस्थलको बारेमा धेरै जसो विदेशीलाई थाहा छैन । भारतले गौतम बुद्ध आफ्नो देशमा जन्मेको हो भनेर झुटो प्रचारबाजी गरिरहदा नेदरल्याण्डको हेगमा रहेको अन्तर्राष्ट्रिय अदालत भवनमा भने गौतम बुद्धको मुर्ति प्रतिस्थापन गरिएको छ ।त्यहाँ प्रतिस्थापन गरिएको मुर्ति संगै राखिएको प्लेटमा बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने विवरण सहित बुद्धको संदेश पनि राखिएको छ ।
१ सय बर्ष अगाडी निर्माण भएको उक्त भवनमा नेपाली दुतावास बेल्जियम र गैर आवासीय नेपाली संघ एनआरएनको सहयोगमा बुद्धको मुर्ति प्रतिस्थापन गरिएको हो ।





