
त्यहाँ प्रतिस्थापन गरिएको मुर्ति संगै राखिएको प्लेटमा बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने विवरण सहित बुद्धको संदेश पनि राखिएको छ ।
१ सय बर्ष अगाडी निर्माण भएको उक्त भवनमा नेपाली दुतावास बेल्जियम र गैर आवासीय नेपाली संघ एनआरएनको सहयोगमा बुद्धको मुर्ति प्रतिस्थापन गरिएको हो ।
पिस प्यालेस भनेर चिनिने अन्तर्राष्ट्रिय न्यायालय भवनको तेश्रो तल्लामा प्रतिस्थापन गरिएको उक्त गौतम वुद्धको मुर्ति २ दशमलव ५ फिट अग्लो छ ।
बुद्धको मुर्ति राखिएको भवन भित्र रहेको पिस प्यालेस लाइब्रेरी, हेग एकेडेमी अफ इन्टरनेशनल जस्ता कार्यालयहरुमा धरै पर्यटक र विद्यार्थी भ्रमण आउने भएकोले गौतम बुद्धको जन्म स्थल नेपाल हो भनेर धेरैले थाहा पाउने छन् ।
हेगमा भारतका महात्मा गान्धी, जबहरलाल नेहरु, दक्षिण अफ्रिकाका नेता नेल्सन मण्डेलाका प्रतिमासहित विश्वका अधिकांश देशले दिएका उपहारहरु पनि राखिएको छ ।
तस्बिर: उज्यालो अनलाइन
Link: Buddha-idol-placed-at-ICJ