सोनीको नया एक्स्पेरिया जेड अल्ट्रा : सबै भन्दा पातलो अनि वाटर प्रुफ, हेर्नुहोस भिडियो

By
Advertisement


सामसङले स्मार्टफोन को बजारमा अधिपत्य जमाउन थालेपछि उसलाई टक्कर दिन को लागि सोनीले आफ्ना नया स्मार्टफोन सार्बजनिक गरेको छ ।

सोनीले अहिले सम्मको बजारमा भएको सबै भन्दा स्लिम (पातलो ) स्मार्टफोन एक्स्पेरिया जेड अल्ट्रा ल्याएको छ । एन्ड्रोइड अपरेटिंग सिस्टम भएको यो स्मार्टफोन ६ दशमलब ४ इन्च को छ ।
एक्स्पेरिया जेड अल्ट्राको मोटाइ ६ दशमलव ५ मिमी रहेको छ जुन अहिले सम्म बजारमा उपलब्ध भएको सबैभन्दा स्लिम हुवावेको एसेन्ड पी-६ फोन भन्दा पनि केहि पातलो रहेको छ ।

सोनीले एक्स्पेरिया जेड अल्ट्रालाई सबैभन्दा पहिला संघाइको मोबाइल एशिया एक्स्पोमा प्रस्तुत गरेको छ । सोनीले यो स्मार्टफोनलाइ इन्डोनेसिया तथा सिंगापुरको बजारमा जुलाई देखि ल्याउने भएको छ भने युरोपको बजारमा भने सेप्टेम्बर देखि मात्र बिक्रि सुरु गर्नेछ ।

ठुला स्क्रिन भएका फोन धेरै मात्रामा दक्षिणपूर्वी एशियामा खपत हुने भएकोले एक्स्पेरिया जेड अल्ट्राको पनि मुख्य बजार दक्षिणपूर्वी एशिया रहेको एक्स्पेरियाका मार्केटिङ निर्देशक बताउछन ।
यो फोन निक्कै समय सम्म पानीमा डुबे पनि नबिग्रने गरि बनाइएको छ । अघिल्लो एक्सपेरिया जेडमा फोनलाइ पानि बाट बचाउनको लागि हेडफोन्ट सकेट जोड्नु पर्ने भए पनि उपभोक्ताको गुनासो पछि यो नया मोडलमा भने पानीबाट बचाउनका लागि हेडफोन सकेट कभर जोड्नु नपर्ने बनाइएको छ ।

यो स्मार्ट फोनमा २ जीबी र्याम रहने छ भने १६ जीबी इन्टरनल स्टोरेज रहेको छ भने ६४ जिबीको एसडी कार्ड सपोर्ट गने क्षमता छ ।

यसको स्क्रिन १०८० पिक्सल रेजुलेसनको छ । ८ मेगा पिक्सल क्यामरा रहेको यसमा फोन मा भएको सफ्टवेयरले नराम्रो क्वालिटीको भिडियो तथा फोटोलाई आफैँ सुधार् गर्ने गर्दछ ।

यसमा ३,००० मेगाहर्जको ब्याट्री राखिएको छ जुन फुल चार्ज गरेपछि ११ घण्टा सम्म लगातार कुरा गर्न सकिन्छ भने १२० घण्टा सम्म अडियो सुन्न सकिन्छ ।