बिधुत महशुल अनि गाडी भाडा बढ्दै

By
Advertisement
धेरै पटक बिबाद भएर महशुल नबढाउने निर्णय भए पनि बिहीबार बसेको बिशुत महसुल निर्धारण आयोगले औसतमा २० % का दरले बिधुत महशुल बढाउने भएको छ |

थोरै युनिट खपत गर्ने उपभोक्तालाई असर नपर्ने गरि महसुल बढाईएको आयोगले जनाएको छ | नया बिधुत महसुल दर अनुसार मासिक २० युनिट सम्म खपत गर्नेको लागि ८० रुपैया, २१ देखि ५० युनिट सम्म खपत गर्नेको लागि प्रति युनिट ७.३० रुपैया, ५१ देखि १५० युनिट सम्म खपत गर्ने हरुको लागि प्रतियुनिट ८.५ रुपैया, १५१ देखि माथि खपत गर्नेहरुको लागि प्रति युनिट ९.५० रुपैया र २५१ युनिट भन्दा माथि खपत गर्नेहरुको लागि ११ रुपैया प्रतियुनिट पर्नेछ |

बिदेशी दाताहरुले पनि बिधुत महशुल दर बढाउन दबाब दिदै आएका थिए |

यस्तै यातायात व्यवस्था विभागले पनि सार्वजनिक सवारी साधनको भाडा बढाउने निर्णय गरेको छ । निर्णय अनुसार डिजेलबाट चल्ने यात्रु बाहक सबारी साधनमा ३.७५ % का दरले भाडा बढ्ने छ भने मालबाहक सबारी साधनमा भने ४ देखि ४.५ % सम्म बढ्ने छ |
यस अघि चैतमा पनि सार्बजनिक यातायातको भाडा बढाइएको थियो | सबारी साधनमा भाडा बढे लगत्तै खाद्यान्न, दुध, तरकारी, फलफुलको पनि मूल्य बढ्नेछ जसको प्रत्यक्ष असर जनतामा पर्नेछ |
सरोकार वाला संग छलफल गरि अध्ययन गरेर मात्र भाडा बढाइएको बिभागले जनाएको छ |