
तबस्वी बनेर हलखोरिया दहन नजिकको जंगलमा एक छत्र राज गरिरहेका रामबहादुर बम्जन ले छाडेर सिन्धुली गएपछि जिल्ला बन कार्यालय बाराले नियन्त्रमा लिन लागेको हो |
बिबादास्पद बम्जनले उक्त क्षेत्रमा ठुला ठुला पक्कि घरहरु पनि बनाएका थिए | बम्जन तथा उनका सहयोगीले बनाएका पक्कि घरहरु तथा अन्य भौतिक संरचना ससस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा बत्काउना लागिएको हो |
जंगल भित्र रहेका धर्मशाला, आधुनिक पक्कि घरहरु, बन्दि गृह, सहित करिब एक दर्जन भौतिक संरचना नस्ट गरिदै छ | उक्त संरचना नष्ट गरेर पुरै नौ सय हेक्टर जंगललाई नियन्त्रमा लिने लक्ष्य रहेको जिल्ला बन कार्यालय बाराले जनाएको छ |
धार्मिक नामबाट नागरिकता दिनुपर्ने, रातो पासपोर्ट दिनुपर्ने जस्ता कुराहरु गरेर उनका अनुयायीले आन्दोलन गरि राजमार्ग ठप्पसमेत पारेका थिए | यस्ता थुप्रै नराम्रा काम भएर बम्जन पटक पटक अन्य थुप्रै काण्डमा समेत मुछिएका थिए |
अहिंसाको बारेमा प्रबचन दिने तर आफिया तरबार लिएर बस्ने, संचारकर्मी तथा स्थानीय बासिन्दालाई कुटपिट गर्ने, स्वस्देशी तथा बिदेशी नागरिकलाई बन्धक बनाई उनीहरुलाई यातना दिने तथा शारीरिक शोषण गर्ने गर्दा कार्यहरुले गर्दा उनि धेरै नै बिबादित बनेका हुन |
बम्जन हलखोरिया जंगलमा ७ वर्ष देखि कब्जा गरेर बसेका थिए | ७ बर्ष पछि उक्त जंगल जिल्ला बन कार्यालयले नियन्त्रण मा लिन लाग्दै छ |
0 comments:
Post a Comment