ए टि एम जस्तो फिल्म अहिले सम्म नेपाली सिनेजगता मा बनेको छैन | यो पुरै बयस्क फिल्म हो | सुटिंग सम्पन्न गरे पनि विवादमा फसेको यो चलचित्र हलमा चल्ने कुरामा शंका नै उत्पन्न भएको छ |
फिल्मको प्रोमो हेर्दा नै यो बयस्क( +१८) को लागि मात्र हो भन्न सकिने आधार प्रसस्त थियो | अस्लिल शब्द र सीन टन्नै राखेर बनाइएको यो फिल्म बिरुद्द सम्पूर्ण फिल्मकर्मी एकजुट भइरहेको अबस्थामा शिब सेना नेपाल ले अस्लिल फिल्म निर्माण गर्ने कम्पनि कलाकार तथा निर्माता सबैलाई कारबाही गर्ने बताएको छ |
शिव सेना मुल संघर्ष समितिका संयोजक अनिल बस्नेतले आज एक प्रेस विज्ञप्ती मार्फत कारबाही गर्ने चेताबनी दिएको फिल्मिखबरले जनाएको छ |
चलचित्रकर्मी बुद्धीजिवी तथा संचार माध्यमबाट आएको प्रतिक्रिया बमोजिम शिब सेना नेपालले अस्लिल फिल्म नबनाउन सम्पूर्ण फिल्मकर्मीलाइ आग्रह गरेको छ | यदि आग्रहलाइ बेवास्ता गरि त्यस्ता फिल्म बनाएमा शिब सेनाले जस्तो सुखी कारबाही गर्न पछि नपर्ने जनाएको छ |
एटिएम फिल्म कुनै हलमा चलाए त्यो हाल नै जलाउने पनि शिब सेना ले जनाएको छ |

यस्तो छ ATM को प्रोमो
0 comments:
Post a Comment