ममताकी प्रतीक आमाको आशीर्वाद लिने र सम्मान गर्ने दिनका रूपमा आज वैशाख कृष्णपक्ष औंसी नेपालीहरूले मातातीर्थ औंसी (मातृऔंसीका) रूपमा मनाउँदैछन् ।आजका दिनलाई शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने उल्लेख गरिएको पाइन्छ ।
छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउन र मीठा खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।




