Showing posts with label Festival. Show all posts
Showing posts with label Festival. Show all posts

मातातीर्थ औँसी : Happy Mother's Day

By // No comments:
ममताकी प्रतीक आमाको आशीर्वाद लिने र सम्मान गर्ने दिनका रूपमा आज वैशाख कृष्णपक्ष औंसी नेपालीहरूले मातातीर्थ औंसी (मातृऔंसीका) रूपमा मनाउँदैछन् ।

आजका दिनलाई शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने उल्लेख गरिएको पाइन्छ ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउन र मीठा खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।

नववर्ष २०७० को हार्दिक मंगलमय शुभकामना

By // 1 comment:
नयाँ बर्ष २०७० को उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा सुख, सु-स्वास्थ्य, दिर्घायु, तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौ । यस नयाँ बर्षले सम्पुर्ण प्रत्येक नेपालीको घर घरमा खुसि ल्याओस्| २०६९ साल सँगै सम्पूर्ण नेपालीका मनबाट हिंसात्मक भावनाका साथै देशमा व्याप्त हत्या, हिंसा, आशान्ती जस्ता विकृतिहरु पनि हराएर जाउन र देशमा शान्ती छाओस| देशमा तथा तपाईंहरु सबैको घर-गाउँमा शान्ती छाओस | नयाँ बर्ष २०७०ले सम्पूर्ण नेपाललाई साच्चै सुन्दर, शान्त र बिशाल बनाओस| यहाँहरु सबैमा नयाँ बर्ष २०७०को हार्दिक मंगलमय शुभकामना|

आज लक्ष्मी पुजा

By // No comments:


विराटनगर, २८ कात्तिक । हिन्दु धर्मावलम्बीहरूको महान चाड तिहारको अवसरमा विराटनगर उपमहानगरपालिका र वरिपरिका बजार हरियालीमय भएका छन् ।

यो हरियाली वृक्षरोपणले नभई तिहारका लागि आ–आफ्ना घर र पसल अगाडि केराको बोटमा गरिएको सजावटले यस्तो भएको हो ।

आज चलाख चरा कागको पुजा गरिदै : काग तिहार

By // No comments:
चराहरु मध्ये धेरै बाटो चरा मानिन्छ काग | तिहारको पहिलो दिन आज यसलाई पुजा गरेर काग तिहार मनाइदै छ |

हिन्दु धर्मालम्बीहरुले परम्परागत धार्मिक मूल्य मान्यता अनुसार कागलाई यमराजको संदेश बाहकको रुपमा मान्ने गर्दछन र आजको दिन कागलाई पुजा गरि खानेकुरा दिने गरिन्छ |

विजयादशमीको टिकाको शुभसाइत ११:२९ बजे

By // No comments:

विजयादशमी २०६९ को उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाई दिदि बहिनिहरुको सुख, शान्ति तथा दिर्घायुको कामना गर्दछु |

केशब घिमीरे
सस्थापक www.Freesansar.net


विजयादशमीका दिन ८ कार्तिक बिहान १०:३५ बजे देवी विसर्जन र बिहान ११:२९ बजे टीका लगाउने शुभसाइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

आज देखि दशैं सुरु, पहिलो दिन आज घटस्थापना

By // No comments:
नेपालीहरूको महान् चाड बडादशैँ आजदेखि १५ दिनसम्म अर्थात् आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म परम्परानुसार दुर्गा भवानीको पूजा-आराधना गरी हर्षोल्लासका साथ मनाइँदैछ।

 बडादशैँको पहिलो दिन आज बिहान आ-आफ्ना घरको पूजाकोठा तथा दशैँघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटोको पूर्ण घडामा गाईको गोबर टाँसी जौ र मकै रोपेर घटस्थापना गरिँदैछ।

Happy Mothers Day

By // 5 comments:


"आमा" "माता" "जननी" Mother जे भने पनि हामीलाई जन्माएर पालन पोषण गरेर हुर्काउने हाम्री आमा नै हुन् । ९ महिना सम्म आफ्नो गर्भमा राखेर अनेकौ दुख कस्ट सहि यो धर्तीमा पैदा गरि हाम्रो रेख देख गरि हामीलाई आज यो स्थान सम्म पुर्याउनु हुने हाम्री आमा लाइ साष्टाङ्ग दण्डवत ।

हिन्दु धर्मालम्बी हरुले मनाउदै आएको चाड हरु मध्ये यो पनि एक चाड हो, जसमा आफ्नो जन्म दिने आमालाई छोराछोरीहरुले श्रद्धा, भक्ति, सम्मान र आदर प्रकट गर्दै मिठा मिठा खानेकुरा खुवाउने तथा राम्रा राम्रा कपडा दिने गर्दछन र आमा बाट आसिर्बाद प्राप्त गर्दछन ।