"आमा" "माता" "जननी" Mother जे भने पनि हामीलाई जन्माएर पालन पोषण गरेर हुर्काउने हाम्री आमा नै हुन् । ९ महिना सम्म आफ्नो गर्भमा राखेर अनेकौ दुख कस्ट सहि यो धर्तीमा पैदा गरि हाम्रो रेख देख गरि हामीलाई आज यो स्थान सम्म पुर्याउनु हुने हाम्री आमा लाइ साष्टाङ्ग दण्डवत ।
हिन्दु धर्मालम्बी हरुले मनाउदै आएको चाड हरु मध्ये यो पनि एक चाड हो, जसमा आफ्नो जन्म दिने आमालाई छोराछोरीहरुले श्रद्धा, भक्ति, सम्मान र आदर प्रकट गर्दै मिठा मिठा खानेकुरा खुवाउने तथा राम्रा राम्रा कपडा दिने गर्दछन र आमा बाट आसिर्बाद प्राप्त गर्दछन ।
आमा हुनेहरुले घर मा आमाको मुख हेरेर ( मिठामिठा खानेकुरा खुवाउने तथा राम्रा राम्रा लत्ता कपडा दिने ) मातातिर्थ औँसी( Mother's Day) मनाउने गर्दछन भने आमा नहुनेहरुले नजिकैको कुण्ड वा नदीमा गरि स्नान गरि ( नुहाई ) पुजा आज गर्ने गर्दछन । आजको दिन काठमाडौंको थानकोट स्थित मातातीर्थमा श्रद्धालुहरुको ठुलो भिड हुने गर्दछ । आमा नभएकाहरु यस कुण्डमा गरि स्नान गरि पानीमा आमाको अनुहार हेर्ने र शिवको दर्सन गरि पुजा गर्ने गर्दछन ।
मातातिर्थ औँसीको सबैलाई शुभकामना!
HaPpY Mother's Day !!
ReplyDeleteHappy Mother's day bro
ReplyDeleteधेरै दुख र कस्ट सहेर तिमीलाई बढाए,
ReplyDeleteधेरै दुख कस्ट सहेर तिमीलाई पढाए
बुढेश कालको सहारा भनि धेरै दुख गरे
तिम्रै लागि कति दिन भोकै नांगै बसे
भयौ आज तिमि ठुला
वास्तै गर्न छाड्यौ,
मेरो दुख बिर्सी गयौ
मेरै माया मार्यौ
उमेश जे यसरि आमा रोएको कसैले सुन्न अनि देख्न नपरोस
ReplyDeleteDhilai bhaye pani Happy Mother's Day hai
ReplyDelete