Showing posts with label Loadshedding Schedule. Show all posts
Showing posts with label Loadshedding Schedule. Show all posts

फेरी घट्यो लोडसेडिङ (तालिका सहित)

By
नेपाल विद्युत प्राधिकरणले फेरी लोडसेडिङको समयावधि घटाएको छ । मंगलवारदेखि लागू हुने गरी हप्तामा २८ घण्टा मात्र लोडसेडिङ गर्ने प्राधिकरणले जनाएको छ ।


प्राधिकरणले यहि असार १९ गते पनि लोडसेडिङ घटाएको थियो । त्यति बेला देखि हप्तामा ३४ घण्टा लोडसेडिङ हुदै आएको थियो ।


प्राधिकरणले जारी गरेको नया तालिका अनुसार अब हप्तामा १ दिन ५ घण्टा,२ दिन साढे ४ घण्टा, २ दिन ४ घण्टा र एक दिन साढे ३ र एक दिन साढे २ घण्टा लोडसेडिङ हुने छ ।


भारतबाट एक सय मेगावाट बराबरको आयात गर्दा पनि करिब साढे ६ सय मेगावाट मात्र आपूर्ति भैरहेको छ तर विद्युत माग भने १००० मेगावाट रहेको  छ ।

प्राधिकरणले जारी गरेको नया तालिका यस्तो छ ।
Loadshedding Schedule effective from 2070-04-1 

यस्तो छ घटेको लोडसेडिङ तालिका

By
नेपाल बिद्युत प्राधिकरणले आज बुधबार देखि लागु हुने गरि लोडसेडिङको समयावधि कम गरेको छ । प्राधिकरणले बुधबार देखि लागु हुने गरि दिनमा बढीमा ५ घण्टा मात्र लोडसेडिङ गर्ने जनाएको छ ।

यस अघि दिनमा बढीमा ७ घण्टा सम्म लोडसेडिङ हुने गरेको थियो ।

नदीमा पानीको बहाब बढेको भए पनि विद्युत्को माग धेरै रहेकोले लोडसेडिङ गर्नु परेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । हेर्नुहोस तालिका ...



Link : Loadshedding Schedule effective from 2070-03-19

घट्यो लोडसेडिङ, यस्तो छ तालिका ..

By // No comments:
नेपाल विद्युत प्राधिकरणले हिजो आइतबारदेखि हप्तामा ४२ घण्टा मात्रै लोडसेडिङ गर्न सुरु गरेको छ ।

केहि दिन देखि परेको पानीले नदीमा पानीको बहाब बढेकोले बिद्युत उत्पादन बढेको भन्दै प्राधिकरणले लोडसेडिङको समय घटाएको हो । प्राधिकरणले सार्बजनिक गरेको नया तालिका अनुसार अब हप्ताको १ दिन ५ घण्टा, १ दिन ७ घण्टा र ५ दिन ६ घण्टा विद्युत कटौती हुनेछ ।

हेर्नुहोस प्राधिकरणले सार्बजनिक गरेको लोडसेडिङको नया तालिका



Link: Loadshedding Schedule effective from jesth 26

यस्तो छ लोडसेडिंगको नया तालिका | Latest Loadshedding Schedule

By // No comments:
नेपाल बिद्युत प्राधिकरणले २०७० बैशाख २२ गते आइतबार देखि लागु हुने गरि दिनको २ घण्टा बिद्युत आपूर्तिको समय बढाएको छ |

हेर्नुहोस, घटेको लोडसेडिंग तालिका



Loadshedding Schedule effective from 2070-01-22


Latest Loadshedding Schedule


लोडसेडिङ घट्ने क्रम सुरु ..

By // No comments:
केहि दिन यता अघोषित रुपमा लोडसेडिङ घटाइरहेको नेपाल विद्युत प्राधिकरणले औपचारिक रुपमा लोडसेडिङ घटाउने भएको छ |

प्राधिकरणले आइतबार देखि लागु हुने गरि दिनको २ घण्टा लोडसेडिङ घटाउन लागेको हो |

प्राधिकरणले घटायो लोडसेडिंग | Loadshedding Schedule effective from 2069-11-28

By // No comments:
नेपाल विद्युत प्राधिकरणले अघोषित रुपमा घटाइरहेको लोडसेडिंगलाइ अब नया तालिका सार्बजनिक गरेरै लोडसेडिंग घटाएको जनाएको छ | प्रबेशिका परिक्षा ( SLC Exam) दिनेहरुलाई मध्यनजर गरि लोडसेडिंग घटाइएको प्राधिकरण बताएको छ |

सार्बजनिक भएको नया तालिका अनुसार अब दैनिक १० घण्टा लोडसेडिंग हुने छ |

फेरी बढ्यो लोडसेडिङ, यस्तो छ तालिका

By // No comments:

नेपाल लोडसेडिङ प्राधिकरण( विद्युत प्राधिकरण भएको भए त बिजुली आउथ्यो नि त :d)ले भोलि अर्थात् पौष ११ गते देखि लागु हुने गरि लोडसेडिङ समय परिवर्तन गरेको छ |
(तालिका ठुलो पार्नको लागि तस्बिरमा क्लिक गर्नुहोला |)
नया तालिका अनुसार अब हरेक दिन १२ घण्टा लोडसेडिङ हुने छ |

यस्तो छ नया लोडसेडिङ तालिका |Loadshedding Schedule

By // No comments:

नेपाल बिधुत प्राधिकरणले आज, मङ्सिर १३ गते, बुधबार देखि लागु हुने गरि लोडसेडिङ बढाएको छ | बुधबार देखि हप्ताको ५६ घण्टा लोडसेडिङ हुने छ |

यस अघि हप्ताको ४६ घण्टा मात्र लोडसेडिङ हुदै आएको थियो | हिउदमा पानीको बहाब घट्दै जानु र बिद्युतको माग भने बढ्दै जानुले लोडसेडिङ बढाउनु परेको प्राधिकरणले दाबि गरेको छ |