लोडसेडिङ घट्ने क्रम सुरु ..

By
Advertisement
केहि दिन यता अघोषित रुपमा लोडसेडिङ घटाइरहेको नेपाल विद्युत प्राधिकरणले औपचारिक रुपमा लोडसेडिङ घटाउने भएको छ |

प्राधिकरणले आइतबार देखि लागु हुने गरि दिनको २ घण्टा लोडसेडिङ घटाउन लागेको हो |


आगलागी बाट क्षतिग्रस्त भएको कुलेखानी दोस्रोको ममर्त कार्य नसकिए पनि भारतबाट १७ मेगावाट विद्युत थप भएको, दिन लम्बिएर विद्युतको माग थोरै भएको र हिउँ पग्लिएर नदिमा पानीको मात्रा बढेकोले लोडसेडिङ घटाउन लागेको प्राधिकरणले जनाएको छ |

३२ मेगावाटको कुलेखानी दोस्रोको मर्मत आगामी साता सम्म सकिने प्राधिकरणले जनाएको छ | कुलेखानी दोस्रोको मर्मत सकिएपछि अझै लोडसेडिङ घट्ने पनि प्राधिकरणले बताएको छ |

0 comments:

Post a Comment