Showing posts with label Sajha Sawal. Show all posts
Showing posts with label Sajha Sawal. Show all posts

Student Politics in University: Sajha Sawal Episode 291

By // No comments:
संविधानसभा चुनावको पूर्वाभ्यास को रुपमा समेत हेरिएको स्ववियू चुनाव अव हुने वा नहुने दोसाँधमा छ ।

कतिपयले चार वर्षपछि हुन लागेको स्ववियू चुनाव यसपटक पनि हुन सक्दैन भन्न थालिसकेका छन् ।

 नक्कली विद्यार्थी भर्ना, करोडौं रकमको चलखेल, क्याम्पसहरुमा विद्यार्थी संगठनहरुको झडप जस्ता गतिविधि बढ्न थालेपछि स्ववियूको औचित्यमाथि पनि प्रश्न उठाएका छन कतिले ।

नेपालको पर्यटन व्यवसाय | Sajha Sawal Episode 288: Prospects of Tourism in Nepal

By // No comments:
बर्सेनी ३० हजारभन्दा बढी पर्यटकहरू लुक्ला विमानस्थल अवतरण गरी पदयात्रा र सगरमाथा आरोहणका लागि सोलुखुम्वु जिल्लाको खुम्वु क्षेत्र जाने गर्छन् ।

यो सहित देशका अन्य विभिन्न क्षेत्रमा घुम्न जाने पर्यटकहरू कस्ता छन् त? यिनीहरूबाट देशले के फाइदा लिन सकेको छ?

त्यसो त, तेन्जिङ शेर्पा र एडमण्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेको पनि यसै साता ६० बर्ष हुँदैछ भने नेपालमा पर्यटन व्यवसाय शुरू भएको पनि लगभग त्यति नै भएको छ ।

चुनावमा दलहरुले कहाँबाट पैसा जुटाउलान् ? : See Video

By // No comments:
मिति घोषणा नभए पनि आगामी मंसिरभित्र संविधानसभाको दोश्रो चुनाव हुने नेता र मन्त्रिहरुले बताइरहेका छन् ।

जति जति चुनावको तातो बढ्दै जान्छ, दलहरु चुनावका लागि पैसो जुटाउन व्यस्त हुन थाल्छन् ।

यो पटकको चुनावमा दलहरुले कहाँबाट पैसा जुटाउलान्? नेताहरु चुनावी प्रचार प्रसारका लागि जिल्ला र गाउँ गाउँ दौडिन थालिसके ।

वन अतिक्रमणको राजनीति: साझा सवाल

By // No comments:
साझा सवालको यो शृंखलामा  वन अतिक्रमणको बारेमा कुरा गरिएको छ । वन संरक्षणको कुरा गर्ने हो भने जब राजनीति अस्थिर बन्छ, त्यसको मार वनमा पर्छ ।

विभिन्न बहानामा रूख काटिन्छन्, बस्ती बसाइन्छन् । सरकारी अध्ययन प्रतिवेदनले भन्छ, त्यसरी बन फाँडिनुमा राजनीतिक दलका कार्यकर्ता, वन कर्मचारी र उपभोक्ताको मिलोमतो हुने गर्छ । अहिलेको अस्थिर राजनीतिमा पनि वन फेरि फाँडिनेछ कि संरक्षित हुनेछ त?

कतारमा बस्ने नेपालीको यस्तो छ कथा, हेर्नुहोस भिडियो ...

By // No comments:
केहि समय अघि साझा सवालमा कतारमा बसेका नेपालीहरुको अबस्थाको बारेमा चर्चा गरिएको थियो |

त्यसको दोस्रो भाग पनि प्रशारण भएको छ | हेर्नुहोस... कतारमा नेपाली कामदारहरुलाई कस्तो व्यवहार गरिन्छ |

त्यहाँ बसेका नेपालीले कति दुख पाएका छन् ? साझा सवालको यो भागमा उपचार नपाएर बिरामी परेका नेपालीहरुको कथा अनि पारिश्रमिक नपाएका नेपालीको कथा जस्ता दुख र पीडाका कथाहरु समेटिएको छ |

हरिबंश र मदनकृष्ण साझाको कन्डक्टर, निशुल्क बस चढ्न पाइने

By // No comments:

साझा बसमा जो पनि चढ्दछ
किलिण्डरले दुई रुपैंयाको टिकट काट्दछ……….

कुनै बेला जनजिब्रोमा झुन्डेको यो गीतका गायक हरिबंश आचार्यलाई साझा बस पुन आरम्भको अबसरमा साझाले कन्डक्टर बनाएर टिकट कटाउने भएको छ |

के मतदाताहरु र कार्यकर्ता चुनाबको लागि तयार छन् त ? साझा सवाल

By // No comments:
तीन महिनाभित्र चुनाव गर्ने भनेर चुनावी सरकार बनाएको तीन हप्ता वितिसक्यो तर अहिलेसम्म चुनावको प्रक्रिया त के चुनावको मिति समेत घोषणा हुन सकेको छैन ।




प्रमुख राजनीतिक दलका नेताहरूले आउँदो असारभित्र चुनाव गर्ने भनी तत्कालीन प्रधानन्यायाधीसको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरेका थिए । अव भने तिनै दलमध्येका केही नेताहरूले मंसीरसम्म भएपनि चुनाव गर्नुपर्ने भनिरहेका छन् ।

माओबादीको नीति परिवर्तनले जनतालाई के फरक पार्ला ?( With Video)

By // No comments:
सशस्त्र संघर्षबाटै सत्ता कब्जा गर्न सकिन्छ भनेर पार्टी स्थापना गरेको २१ वर्षपछि एकीकृत नेकपा (माओवादी)ले हेटौंडा महाधिवेशनबाट राजनीतिक धार फेरेर प्रतिस्पर्धात्मक राजनीतिलाई मुख्य नीति बनाएको छ । एकीकृत माओवादीको यो परिवर्तनले नेपालीको आउँदा दिनमा कस्तो फरक पार्छ त ?

एकीकृत माओवादीको हेटौंडा महाधिवेशन सकिएको हप्ता दिनपछि पनि चुनावका लागि माओवादीले प्रस्ताव गरेको ‘प्रधानन्यायाधीश नेतृत्वको सरकार’ को सूत्र वरिपरि नै नेपालको राजनीति घुमिरहेको छ । त्यसो त ०६२/६३ को आन्दोलनपछि गणतन्त्र, धर्म निरपेक्षता र संघीयता लगायतका मुद्दामा नेपालको राजनीति माओवादी वरिपरि घुमेको धेरैले भन्ने गर्छन ।

Sajha Sawal Episode 270: Violence Against Women

By // No comments:
काठमाडौंमा ८ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार । बारामा छोरीलाई हत्या गरेको अभियोगमा बाबु पक्राउ । सर्लाहीमा बोक्सीको आरोपमा महिलालाई मलमुत्र खुवाइयो।

वैदेशिक रोजगारबाट फर्केकी भोजपुरकी युवतीलाई प्रहरीद्वारा बलात्कार । आजभोलि दिनदिनै यस्ता समाचार दोहोरिरहेका छन् । महिलामाथि बढ्दो हिंसा कसरी रोक्न सकिन्छ? आजको साझा सबालमा  महिलामाथि भइरहेका ज्यादती र त्यसलाई रोक्ने उपायका बारे बहस भएको छ ।