बर्सेनी ३० हजारभन्दा बढी पर्यटकहरू लुक्ला विमानस्थल अवतरण गरी पदयात्रा र सगरमाथा आरोहणका लागि सोलुखुम्वु जिल्लाको खुम्वु क्षेत्र जाने गर्छन् ।यो सहित देशका अन्य विभिन्न क्षेत्रमा घुम्न जाने पर्यटकहरू कस्ता छन् त? यिनीहरूबाट देशले के फाइदा लिन सकेको छ?
त्यसो त, तेन्जिङ शेर्पा र एडमण्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेको पनि यसै साता ६० बर्ष हुँदैछ भने नेपालमा पर्यटन व्यवसाय शुरू भएको पनि लगभग त्यति नै भएको छ ।
पर्यटन क्षेत्रमा देशको लगानी र त्यसले दिने प्रतिफलका बारेमा सोलुखुम्वुमा तयार गरिएको यो साझा सवालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव बालकृष्ण घिमिरे, ट्रेकिङ एजेन्ट्स एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष महेन्द्रसिंह थापा र पर्यटन व्यवसायी बच्चुनारायण श्रेष्ठ हुनुहुन्छ ।

0 comments:
Post a Comment