खड्कालाइ जेल चलान गरेको भन्दै दाङ बन्द

By
Advertisement
नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री खुमवहादुर खड्कालाइ सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरि गरेको फैसला पुर्वाग्रही तथा अन्यायपूर्ण भएको भन्दै कांग्रेस निकट युवा तथा विद्यार्थी सङ्गठनले आज मंगलबार दाङ बन्दको घोषणा गरेका छन् |
बन्दको कारण बिहानै देखि दाङको जनजिबन प्रभाबित भएको छ |

मुद्दाको पुनराबलोकनको माग गर्दै बन्द गरिएको छ | बन्दका कारण जिन्ना भित्र तथा दाङ भएर चल्ने बाहिरका अन्य यातायात पनि बाँध भएका छन् |
बन्दको कारणले दाङ भएर जानुपर्ने यातायातहरु पूर्व पश्चिम राजमार्गको भालुवाङ र अर्जुनखोलामा गाडीहरु रोकिएका छन् |
खुम बहादुर खड्का भ्रस्टाचारी ठहर, डेढ वर्ष कैद, ९४ लाख ७५ हजार रुपैयाँ जरिवाना
बन्दकर्ताहरुले सडकमा उत्रिएर यातायात र बजार बन्द गराएका हुनाले बजार, शिक्षण संस्था, कलकारखाना पनि बन्द छन् सदरमुकाम घोराही, तुल्सीपुर, लमही, भालुवाङका बजार पनि बन्दकर्ताहरुले बन्द गराएका छन् |

0 comments:

Post a Comment