SLC Result Has been Published

From NTC With Marks
47.16 % from Regular has been passed
परीक्षा नियन्त्रण कार्यालयले आज यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। नागरिकन्युजकर्मी दीपक दाहालका अनुसार यस वर्ष नियमित तर्फ ४७.१६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। ग्रेस नम्बर पाँच दिँदा पनि उत्तीर्ण संख्या गत वर्षभन्दा ८.३४ प्रतिशतले कम हो। गत वर्ष ५५.५ प्रतिशत उत्तीर्ण भएका थिए। त्यसैगरी आंशिकतर्फ यस पटक १३.७० प्रतिशत मात्र उत्तीर्ण भएका छन्। यस पटक विशिष्ट श्रेणीमा १७ हजार ७ सय ६०, पहिलो श्रेणीमा ७७ हजार २५७, दोस्रो श्रेणीमा ९३ हजार ८३० र तेस्रो श्रेणीमा ८ हजार ७९१ जना उत्तीर्ण भएका छन्। यस वर्ष नियमिततर्फ ४ लाख ४५ हजार ९ सय ७४ र एक्जाम्टेड तर्फ ८२ हजार २ सय ८३ गरी पाँच लाख २८ हजार २ सय ५७ सहभागी थिए।
Log on to slc.ntc.net.np
or soce.gov.np' To Check your result and marks
0 comments:
Post a Comment