
अरुलाई दु:ख पर्दा "मलाई के मतलब" भन्दा एक दिन आफ्नै पालो आउन सक्छ ।
एक दिनको कुरा हो: एउटा मुसाले सानो दुलोबाट चियाएर हेर्दा घरबेटीले बजार बाट ल्याएको प्याकेट खोल्दै गरेको देख्यो ।
"अहा आज मिठो खानेकुरा खान पाईने भईयो" भन्दै दंग परेको मुसा प्याकेटबाट "मुसा मार्ने यन्त्र" निकालेको देख्दा डरले अब के गरौं भन्दै आत्तिन थाल्यो ।
दु:ख, सुखका साथीहरूलाई आफ्नो समस्या पोख्ने क्रममा उ कुखुरा समक्ष पुगेर जब उसले आफ्नो दु:ख ब्यक्त गर्यो, कुखुराले भन्यो, "यो त तिम्रो समस्या हो, मुसा मार्ने यन्त्रले मलाई के नै फरक पार्छ र ? जाउ, जाउ, मलाई एक्लै छोडिदेउ।" यो सुनेर निरास भएको मुसा आफ्नो अर्को साथि सुँगुरको मा पुग्यो । सुँगुरले पनि मुसाको कुरा सुनेर "यो तिम्रो ब्यक्तिगत समस्या हो, जाऔ आफैँ सम्हाल" भन्दै पठाईदियो ।
अब केहि आशाका किरण नदेखे पछि निरास हुदैँ अन्तमा मुसा खशीकोमा पुग्यो र आफ्नो डर र त्रासका बारेमा कुरा सुनायो । यो सुनेर खशिले भन्यो, "यहाँ आँफुलाई सुत्न हतार भएको बेला बाधा नपुर्याउ, जाउ यहाँबाट। घरबेटीले मुसा मार्ने यन्त्र ल्याँउदैमा मलाई के को चिन्ता। त्यो मेरो समस्या होईन।"
सबै तिरबाट निसाराजनक तथा स्वार्थी कुरा सुनेपछी "अब ज्यान जोगाउन के गर्ने होला" भन्दै मुसा होशियार भएर बस्ने झिनो आशा लिँदै घरभित्र छिर्यो।
त्यहि राती मुसा मार्ने यन्त्रमा केही परेको ठुलो आवाज आयो र यो आवाज सुनेर श्रीमती के हो भनि अंध्यारोमा उठेर जाँदा बिशालु सर्प जसको पुच्छर मुसा मार्ने यन्त्रमा पारेको थियो, ले डस्न पुग्यो र अर्को दिन उनलाई अस्पताल लैजान पर्यो । डाक्टरले बिष ज्यादै गहिरो भएको ले केही दबाई दिंदै ठीक हुने आस्वाशन दिएर घर पठाईदिए ।
ज्वरो धेरै आएकाले यसको दबाई "कुखुराको सुप" खुवाउनुपर्छ भनेर छिमेकीले सल्लाह दिएकाले उसले कुखुरालाई मारेर त्यसको सुप बनायो । जब श्रीमतीको अवस्था नाजुक हुँदै गयो, बढी भन्दा बढी मान्छेहरू उनलाई हेर्न तथा पालै पालो कुरुवा बस्न थाले। धेरै मानिसहरूको घुईँचो लागेकाले उनीहरूलाई खुवाउन सुँगुर मार्नु पार्ने भयो ।
दिन पर दिन उसकी श्रीमतीको स्वास्थ्य गिर्दै गयो र अन्तमा उनको म्रित्यु भयो। बाँकी रहेको खसी पनि मारेर उसले श्रीमतीको काज क्रिया गर्ने क्रममा सबैलाई खुवाईदियो ।
अमुक भएर यो द्रिष्य हेरिरहेको मुसाले आफ्ना साथीहरू यसरी एक पछि अर्को गर्दै मारिएको देख्दा मनमनै सोच्यो: "हिजो मेरो समस्यालाई सामुहिक समस्या नदेखी आफ्नो मात्र स्वार्थ पुर्ती गर्ने क्रममा लाग्दा यो बिजोग भो। " अनी उ भन्छ : "हामी सबै कुनै न कुनै हिसाबमा जोडिएका छौँ र यदि एक जनालाई बास्तबमा मार्का पारेको छ भने सबै मिलेर त्यसको समाधान गर्नु अती आवस्यक छ अन्यथा पछि गएर यि कुखुरा, सुँगुर र खशी जस्तै अकाल मा नै एक पछि अर्काको ज्यान जान सक्छ ।"
ज्ञानका कुरा जो बाट पनि सिक्न सकिन्छ । "मिलिजुली बसौँ, बाँडिचुडी खाऔँ।"
-from Facebook Posts
0 comments:
Post a Comment