गर्ने हो त फेसबुक र ट्वीटरको बिमा ??

By
Advertisement

धेरै जसो नेपालीहरुले बिमाको अर्थ नै बुझेका छैनन्, उनीहरुले आफ्नै बिमा पनि गराएका हुदैनन |

तर बेलायतमा भने फेसबुक तथा ट्वीटर जस्ता सोसल मिडियाको एकाउन्टको बिमा गर्न सुरुवात गरिएको छ |

बेलायत को एक इन्फर्मेसन प्राइभेसी कम्पनीले यो सेवा सुरु गरेको हो |
फेसबुक, ट्विटर जस्ता सोसल मिडियाहरुको एकाउन्ट ह्याक गरेर यीनिहरुको दुरुपयोग गर्ने कार्यहरु बढिरहे पछि कम्पनीले यस्तो बिमा स्रुरु गरेको छ |

यस्तो बिमाले एकाउन्ट डिसएबल गरेको , ह्याक गरेको, ह्याक गरेर जे पायो त्यहि पोस्ट गरेको, त्यहाको तस्बिरहरुलाई दुरुपयोग गरिएको जस्ता घटनालाई कभर गर्दछ |

बिमा कम्पनीका मूख्य अधिकारी जस्टिन बैसिनीले केहि बर्ष अघि यस्तो बिमाको आबस्यकता नभए पनि अहिले इन्टरनेट चलाउनेहरुलाई कुनै न कुनै बेलासोसल मिडियाको एकाउन्टमा खतराको अबस्था आइपर्ने हुनाले यो व्यवस्थाको सुरुवात गरिएको बताएकी छिन |

0 comments:

Post a Comment