सरकारले सहयोग नगरे सिंहदरबार अगाडी नै मरिदिने चेतावनी

By
Advertisement

आफ्ना दुवै हात र एक खुट्टा नभए पनि लेख पढ गरिरहेका वैतडी जिल्लाको भौनेली गाविस ८ का नवराज भट्टले सरकार संग पढाई खर्चको माग गरेका छन् |

आफु अपाङ्ग भए पनि आफू लेख्न, पढ्न र कम्प्युटर चलाउन सक्ने भएको सरकारले पढाइको लागि जागिर को व्यवस्था वा पढाई खर्चको व्यवस्था गरिदिनु पर्ने उनको माग छ |

यदि सरकारले बेवास्ता गरे र आफ्नो माग पुरा नगरे आत्मा दाह गर्ने उनले बताए | बिहीबार ११ बजे देखि सिंहदरबारको मूल गेटमा आमरण अनसनमा बस्ने र माग पुरा नभए त्यहि आत्मदाह गर्ने उनले बताए |

अहिले सम्म वैतडीका समाजसेवी महेन्द्र चन्दले दिएको खर्चले पढ्दै गरेको र खाना खान र बस्न को लागि होटल व्यवसायी श्यामसिंह खत्रीले सहयोग गरिरहेका उनको भनाइ छ |

आफु अपाङ्ग भएतापनि कैलाली बहुमुखी क्याम्पसबाट स्नातक तहको अध्ययन पुरा गरिसकेको र बाकी अध्ययन गर्न सरकारले व्यवस्था गरिदिनु पर्ने उनको भनाइ छ | राज्यले दायीत्व पुरा नगरे, आफ्नो पढ्न पाउने अधिकारको सम्मान नगरे बच्नु को अर्थ नभएको उनले बनाए |

0 comments:

Post a Comment