फिलिपिन्सको बिमान दुर्घटनामा परेका नेपाली कोपाइलटको शब फेला

By
Advertisement
गएको शनिबार फिलिपिन्समा भएको बिमान दुर्घटनामा बेपत्ता भएका नेपाली को-पाइलट क्शित्तिज चन्दको शब जहाजको ककपिटमा मंगलबार फेला परेको अन्तरास्ट्रिय मिडियाहरुले जनाएका छन् |

बिमानमा खराबी देखा परेपछि त्यसलाई समुन्द्रमा नै अबतरण गराउन खोज्दा बिमान डुबेको थियो | डबल इन्जिन / ६ सिट क्षमताको उक्त बिमान शनिबार मासबाते प्रान्त नजिकै समुन्द्रमा डुबेको थियो | बिमान दुर्घटना हुँदा नेपाली को -पाइलट चन्द सहित गृहमन्त्री जेस रोब्रेडो, पाइलट जेस्सुप बाहिन्टिङ हराएका थिए |


तिनै जनाको शब उक्त समुन्द्रको ५५ मिटरको गहिराइमा मंगलबार भेटिएको हो | कोपाइलट क्षितिज र पाइलटको शव ककपिटमा देखिए पनि निकाल्न भने नसकिएको बताइएको छ ।

फिलिपिन्समा पाइलट कोर्स गर्न गएका क्षितिज चन्द कोपाइलटको रुपमा फिलिपिन्सका गृहमन्त्री चढेको सानो विमानमा सवार थिए |

तस्बिर: नेपालन्युज

0 comments:

Post a Comment