पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थ बनाउनु पर्ने माग गर्दै आन्दोलन गरिरहेका पोखरेलीहरु आज मंगलबार सिंहदरवार अगाडि धर्ना बसेका छन् । पोखरामा बन्न लागेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यमा ढिला भए पछि उनीहरुले आन्दोलन गरिरहेका छन् | आन्दोलनकै क्रममा एक दिन पोखरा बन्द समेत गराएका थिए |
सरकारले कुनै चासो नदिएको भन्दै धर्ना दिन आएका पोखरेलीहरुलाई प्रहरीले सिंहदरबार गेटमा धर्ना दिन लाग्दा प्रहरीले हस्तक्षेप गरेको थियो | प्रहरी हस्तक्षेप पछि उनीहरुले माइतीघर - बानेश्वर सडकमै बसेर धर्ना दिएका छन् |
धर्नामा पोखराबाट दर्जनौं सवारी साधनमा आएका तथा काठमाडौँ बसेका पोखरेलीको सहभागिता थियो |

0 comments:
Post a Comment