बजारमा हुने कालोबजारी र मुल्यवृद्धि रोक्नुहोस: प्रधानमन्त्री

By
Advertisement
चाडबाड नजिकिदै गर्दा नेपाली बजारमा कालोबजारी निक्कै नै हाबी हुँदै गएको छ | धेरै पैसा कमाउन ब्यापारीहरुले खाद्यान्नमै विभिन्न अखाध्य बस्तुहरु मिसाउने काम हुने गरेको छ | यस्तै नेपाली बजारमा हुने गरेको कालोबजारी, मिसावट, तथा मुल्य वृद्धि रोक्न तत्काल अनुगमन सुरु गर्न सम्बन्धित निकायहरुलाई प्रधानमन्त्रीले निर्देशन दिनु भएको छ |



‘चाडबाडको समय आउन लागेको छ, बजारमा अस्वभाविक ढंगले मूल्यबृद्धि भएको खवर आइरहेका छन यसलाई तत्काल रोक्नेतिर कदम चाल्नुस’ भन्दै प्रधानमन्त्रीले निर्देशन दिनु भएको हो |

दैनिक उपभोग्य सामग्रीमा कालोबजारी , मिसावट र मूल्यवृद्धि बढी नै भएकोले उक्त कुराहरु रोक्न प्रधानमन्त्रीले मुख्य सचिव, बाणिज्य सचिव, काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी, बाणिज्य बिभागका महानिर्देशक र साल्ट ट्रेडिङका महाप्रवन्धकलाईआफ्नै कार्यालयमा बोलाइ तत्काल बजार अनुगमन गर्न निर्देशन दिनु भएको हो |

चाडबाडमा मूल्य बढाउनको लागि अत्याबश्यक बस्तुहरु ब्यापारीले लुकाइ आपूर्ति कम गर्ने हुनाले यस्ता अत्याबश्यक सामग्रीहरुको आपूर्तिमा कमि हुन नदिन पनि प्रधानमन्त्रीले निदेशन दिनु भएको छ |


0 comments:

Post a Comment