
आज रेखा थापाको २९ औं बर्थ डे हो, उनको बारेमा लेख्नु अघि उनलाई ह्याप्पी बर्थ डे भनौ है | ह्याप्पी बर्थ डे रेखा
आजको जन्मदिनमा रेखा आफ्नो आमा दिदि र सिनेमा क्षेत्र संग सम्बन्ध नभएका साथीहरु संग बसेर मनाइन | रेखाले आफ्नो जन्मदिनमा के के कुरा खोलिन त ?? अनलाइन खबर संग रेखा थापाको कुराकानीमा रेखा थापाले आफु अबिबाहित नै भएक बताएकी छिन ल पढ्नुस त | कुराकानी जस्ताको तस्तै अनलाइनखबरबाट
मेरो विगतलाई सम्मान गर्दै अर्को बिहे गर्ने तयारीमा छु । मैले बिहे गर्नै हुँदैन भन्ने होईन । किनकी, हरिवंश दाईले त अर्को विहे आवश्यक ठान्नु भयो भने मैले गर्दा के हुन्छ ? मेरो पनि चाहना छ, एउटा माया गर्ने श्रीमान् होस्, काखामा वच्चा होस्, रमाईलो परिवार होस् । मिति नै तोक्न त सक्दिन तर अर्को बिहे चाहिं गर्छु । अव त मेरो मात्र होईन परिवारको सपना पनि हुँदोरहेछ कि मेरो छोरीको राम्रो घरजम होस्, वच्चा होस् भन्ने । यसैले परिवारले पनि घुमाउरो पाराले दवाव दिन थालेको छ । एक वर्ष पछि त सबैले मलाई दबाब दिन्छन् । हतारमा बिहे गरेर फुर्सदमा पछुताउने सोंचमा छैन । यसैले पनि धेरै सोंचेर मात्र गर्छु । भारतीय नायिका रेखाले त ३ वटा विहे गरेपछि रेखा भएकी हुन् मैले त विहे नै गरेको छैन र पनि रेखा भएँ ।
हुनत बाहिर सबैलाई छविसँग मेरो विहे भएको हो भन्ने लाग्छ । तर, मेरो बिहे छविसँग भएको थियो या थिएन यो मलाई मात्र थाहा छ । त्यसैले पनि मैले अब गर्ने बिहे पहिलो बिहे हुनेछ । । मैले केटा खोजेको समाचार पनि बेला बेलामा आएका छन्, तर कुरा त्यसो होईन । विहे भनेको भगवानले लेखेर पठाएको हुन्छ । तर, मैले खेाजेको केटाले मेरो विगतलाई सम्मान गर्दै मेरो पेशालाई वुझ्ने हुनुपर्छ । मैले अहिले कत्ति पनि एक्लो महशुश गर्दिन । तर, ममिको साथ, दाईको साथ, दिदीको साथ सधै रहन्छ भन्ने छैन । यसैले पनि मैले जिवनसाथी रोज्नुपर्छ भन्ने मलाई थाहा छ र म रोज्छु पनि । मैले खोजेको केटा चलचित्र क्षेत्रको हुँदैहुँदैन ।
किनकी, सिनेमा क्षेत्र मेरो माईती जस्तो भएको छ । छविसँग मेरो आधिकारिक विहे भएको नै थिएन । यदि, विहे भएको भए मैले उसको सम्पत्ति सवै किन फिर्ता गर्थे र ? म पनि सम्पत्तिको आधा भाग खोज्न सक्थे तर मैले त्यसो गरिन । किनकी, उसँग मेरो विहे भएको थियो या थिएन यो मलाइ मात्र थाहा छ । गतवर्ष जन्मदिन मनाईरहँदा मेरो मनमा आमा वन्ने चाहना वढेको थियो । तर, अहिले यो चाहना घटेको छ । मैले केही समय मानिसहरुको अध्ययन गरेँ र उनीहरुलाई वुझ्न कोसिस गरेँ । अब, म समाजसेवातर्फ जान्छु । मलाई थाहा छ, मैले नयाँलाइ पनि पालो दिनुपर्छ । मानिसले एउटा स्थान प्राप्त गरेपछि त्यहाँबाट कता जाने भन्ने बाटो खोजिरहेको हुन्छ । म पनि त्यही खोजीरहेको छु । यसैले समाजसेवालाई रोज्न लागेको हो ।

0 comments:
Post a Comment