निखिल संग बिहे भए पछि संचिताले २ सन्तान जन्माई सकेकी छिन | पहिलो सन्तानको रुपमा गतवर्ष भदौ ४ गते छोरो जन्माएकी थिइन भने यो वर्ष पनि भदौ ४ गते नै अर्को सन्तान छोरी जन्माएकी छिन संचिताले |तिथि फरक भए पनि मिति भने एउटै परेको छ | फिल्मिखबरका अनुसार पहिलो सन्तान छोरा जन्मेको तिथि कृष्ण अष्टमी थियो, एउटै तिथि पार्न कृष्ण अष्टमीको तिथि मै बच्चा जन्माउने भन्दै संचिता अस्पताल भर्ना भएकी थिइन तर अल्ट्रासाउन्ड पस्चात डाक्टरले उनलाई अब्जरभेसन पिरियड भन्दै घर फिर्ता पठाएको थियो ।
संचिताले सोमबार साँझ ७ बजेर ४० मिनेटमा काठमाडौँको नर्भिक अस्पतालमा दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् | संचिताका श्रीमान निखिल भने हाल सम्म नेपाल आइपुगेका छैनन् उनि मुम्बई मै छन् पारिबारिक स्रोतका अनुसार एक हप्तामा काठमाडौँ आइपुग्ने छन् | कुनै समय नेपालमा ब्यस्त भएर काम नभ्याउने नायक निखिल हिजो आज बेरोजगार भइ मुम्बईमा संघर्षरत छन् |

0 comments:
Post a Comment