हरिबंश र मदनकृष्ण साझाको कन्डक्टर, निशुल्क बस चढ्न पाइने

By
Advertisement

साझा बसमा जो पनि चढ्दछ
किलिण्डरले दुई रुपैंयाको टिकट काट्दछ……….

कुनै बेला जनजिब्रोमा झुन्डेको यो गीतका गायक हरिबंश आचार्यलाई साझा बस पुन आरम्भको अबसरमा साझाले कन्डक्टर बनाएर टिकट कटाउने भएको छ |
उनको साथमा कलाकार मदन कृष्ण लाइ पनि कन्डक्टर बनाइने भएको छ |

गीतमा २ रुपैयाको टिकट काट्दछ भन्ने हरिबंश आफैले भने १५ रुपैयाको टिकट काट्ने भएका छन् | सरकारले तोकेअनुसार न्यूनतम १५ रुपैंया भाडा भएकोले हरिबंश र मदनकृष्णले साझा यातायातमा न्युनतम १५ रुपैयाको टिकट काट्ने भएका हुन् |

उक्त कुराको खुलासा कनक मणि दीक्षितले अप्रिल १२ तारिकमा बेलुका ८ बजेर १९ मिनेटमा ट्वीटर मार्फत गरेका हुन् |

उनले ट्वीट गर्दै भनेका छन्,"भोलि चैत मसान्त, बिहान साझा यातायात पुन:आरम्भको प्रोग्राम - मुख्यसचिब द्वारा उद्घाटन, मदनकृष्ण-हरिबंश कन्डक्टर भै टिकट काट्नेछन्।"

उनले अर्को ट्वीट गर्दै शनिबार दिउसो साझा यातायात सुभारम्भ खुसियालीमा साझायातायात का दुइ रुट लगनखेल देखि गोंगबु र कलंकी देखि एअरपोर्टमा निशुल्क बस चढ्न पाइने पनि बताएका छन् |

२ रुपैयाको टिकट काट्ने बेलामा हरिबंसले यस्तो गीत गएका थिए ..

Link: Madankrishna-and-Haribansha-as-conductor-of-sajha-bus

0 comments:

Post a Comment