अब ब्रेन पनि हुने भो ह्याक, मान्छे हुने भए झन असुरक्षित

By
Advertisement
विज्ञानको यो एक नौलो चमत्कार हो | कम्प्युटर चलाउने हामी धेरै लाइ थाहा छ कि कम्प्युटर ह्याक हुन्छ भने कुरा, र यो साधारण भइ सकेको छ | त्यसैले हामीले कम्प्युटरमा एन्टी भाइरस राख्ने गर्दछौ |

तर अचम्म, अब कम्प्युटर मात्र होइन तपाइको ब्रेन पनि ह्याक हुने भएको छ | अक्सफोर्ड युनिभर्सिटीको एक टिम र क्यालिफोर्निया युनिभर्सिटीको एक टिम ले दिमाग (Brain hack) ह्याक गरेर तहल्का नै मच्चाई दिएका छन् |

यसरि कसैको ब्रेन ह्याक गरेर उस्को दिमागमा रहेको विभिन्न कुराहरु जस्तै बैंक एकाउन्ट, एटिमका पिन नम्बर को जानकारी लिन सकिन्छ |

अनुसन्धानकर्ताहरुले इमोटिभ ब्रेन कम्प्युटर इन्टरफेसको मदतले ब्रेन ह्याक गरेका हुन् | यस टिमका सहयोगी( Volunteers for the security experiment) हरुलाई इमोटिभ बि सी आइ हेड पिस लगाएर स्क्रीनको अगाडी बस्न लगाएका थिए र केहि समय मै उनको दिमागमा भएको धेरै कुरा स्क्रीन मा देखि रहेको थियो |

अनुसन्धानकर्ताहरुले यो कार्यको लागि ब्रेन बाट निस्कने पि ३०० सिग्नललाई ट्रयाक गरेका थिए | यो यस्तो सिग्नल हो जुन दिमागमा अर्थपूर्ण संकेत भए पछि मात्र निस्कन्छ | प्रयोग सुरु गरिएको केहि समयमा नै मानिसको दिमाग ह्याक गरेर उसंग भएको महत्वपुर्ण जानकारीहरु हासिल गर्न सकिन्छ |

अनुसन्धान गर्ने टिमले ब्रेन ह्याक गर्न धेरै गाह्रो नभएको बताएको छ | डिस्कभरी न्युजका अनुसार धेरै खर्च नगगने यो प्रविधि प्रयोग गरेर अब छिट्टै नै यस्तो मेशिन बनाउने छन् जसले सजिलै संग दिमाग (ब्रेन) मा भएका डाटाहरु लिन सकिन्छ |

0 comments:

Post a Comment