खुम बहादुर खड्का भ्रस्टाचारी ठहर, डेढ वर्ष कैद, ९४ लाख ७५ हजार रुपैयाँ जरिवाना

By
Advertisement
काँग्रेस नेता पूर्व गृहमन्त्री खुमबहादुर खड्काले भ्रष्टाचार गरेको ठहर भएको छ |

सर्बोच्चले मंगलबार खड्कालाई भ्रष्टाचारी ठहर गर्दै डेढ बर्ष कैद, ९४ लाख ७५ हजार रुपैयाँ जरिवाना, त्यही बराबरको विगो र त्यसले बढेबढाएको सम्पति जफत गर्ने फैसला सुनाएको छ |

साउन १६ गते नै बहस सकिएको भए पनि न्यायाधीशहरू कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलाजले आज मंगलबार फैसला गर्ने मिति तोकेको थियो |


खड्कालाई भ्रष्टाचारी ठहर गरि सजाय र जरिवाना तोकेपछि उनका समर्थकले अदालत अगाडी नाराबाजी गरेका छन् |

उनीहरुले माइतीघरमा बा१ज ७६४९ ट्याक्सी तोडफोड गरेका छन् भने उनीहरुले नाराबाजी गर्दै अबरोध गरेका कारण यातायात सेवा पनि अबरुद्द भएको छ |

पटक पटक मन्त्रि हुदा खड्काले भ्रस्टचार गरि २ करोड ३६ लाख कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो |

बिशेष अदालतले खड्कालाई ०६३ कात्तिक २९ मा सफाई दिए पछि अख्तियारले ०६३ चैत १५ मा पुनराबेदन दिएको थियो |

जेल पर्ने मन्त्रीमा यिनी पहिलो चाही होइनन यस भन्दा अघि नै भ्रष्टाचारी प्रमाणित भइ पूर्व मन्त्री चिरञ्जीवि वाग्ले र वहालवाला सूचना तथा सञ्चार मन्त्री जेपी गुप्ता पनि जेल चलान भइ सकेका छन् |

0 comments:

Post a Comment