यौनको सम्बन्धमा मानिस यति सम्म तल गिर्न सक्छ कि उसले नाता गोता केहि पनि हेर्दैन | यो कुरा सबैमा त लागु हुदैन तर हिजो आज यस्ता घटनाहरु धेरै नै सार्बजनिक हुँदै आइरहेका छन् |
यहि साउन ११ गते लेले निबासी बिनोद कुवरले आफ्नी ठुली आमाको बलात्कार गरि झुण्डाएर मारेका थिए |
यस्तै अर्को घटना भएको छ सिन्धुलीको ककुरठाकुर गाँउमा वडा नं ८ मा |
यहाँ ९ बर्षीय एक बालिका हजुरबुबा पर्ने एक बृद्ध बाट बलात्कृत भएकी छिन |
पीडित परिवारले कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आज किटानी जाहेरी दिएपछि बलात्कार गरेको रहस्य खुलेको हो ।
साउन ११ गते ६५ बर्षीय मानबहादुर बम्जनले घरमा कोही पनि नभएको अवस्थामा बिहान बलात्कार गरेको पीडित बालिकाले बताइन् ।
बाबुआमा बिहानै दाउरा लिनका लागि जङ्गल गएका थियौँ । दिँउसो ३ बजे घरमा आइपुग्दा श्रीमतीमार्फत घटनाको बारेमा जानकारी पाए-पीडितका पिता कृष्णबहादुर तमाङले बताउनुभयो ।
स्थानीय नमुना युवा क्लबले आर्थिक सहयोग सङ्कलन गरी पीडित बालिकाको उपचारमा सहयोग पुर्याएको क्लबका अध्यक्ष गणेशबहादुर कार्कीले बताउनुभयो ।
आरोपित अभियुक्त बम्जन लट्टे धामी छोराको घरमा एक महिनादेखि बस्दै आएको स्थानीय बासिन्दा सन्तबहादुर तमाङले जानकारी दिनुभयो ।
पीडित परिवारको आर्थिक अभाव र त्रासका कारण उजुरीमा ढिलाइ भएको भए पनि किटानी जाहेरीपछि फरार रहेका अभियुक्त बम्जनको खोजी सुरु गरिएको जिप्रकाका प्रहरी निरीक्षक दिलीप झाले जानकारी दिनुभयो | -रासस

0 comments:
Post a Comment