छिमेकीसंग टक्कर लिन रोबोट सैनिक दस्ता

By
Advertisement
भारतको रक्षा अनुसंधान एवं विकास संगठन (डीआरडीओ) हिजो आज  रोबोट आर्मीको बिकाशमा लागेको खबर आएको छ।

भारतीय संचारमाध्यमहरुका अनुसार डीआरडीओ प्रमुख अविनाश चंदरले भनेका छन् कि चाडै नै रोबोट सैनिकहरु देशको सुरक्षामा तैनाथ भएको देख्न पाइनेछ।

भविष्यमा हुन सक्ने युद्धहरुमा यिनै रोबोट सैनिकहरुको अहम भूमिका रहने पनि उनले बताएका छन्। भारतीय संचारमाध्यममा समाचार छ।

चंदरको भनाइ छ कि भविष्यमा हुनसक्ने युद्धलाई मध्येनजर गर्दै रोबोट सैनिक बनाउनु हाम्रो प्राथमिकता हो। हाम्रो यो कार्यक्रमले भारत पनि त्यस्ता राष्ट्रहरुमा सामेल हुनेछ जसले रोबोट सेना तयार गर्दै छन्।

अहिलेसम्म बम निस्क्रिय गर्न र विकिरण प्रभावित क्षेत्रमा प्रयोग भैरहेका रोबोटलाई अब भने पुरै देशकै सुरक्षार्थ खटाउने र मानव सैनिकहरुलाई चाही उनीहरुलाई सहयोग गर्नका लागि पछिल्ला मोर्चाहरुमा राखिने गरि सैनिक दस्ता निर्माण गरिने कुरा पनि उक्त समयमा खुलाइएको थियो।

चंदरका अनुसार यस्ता रोबोट सैनिकहरु तयार पारिन्छन कि सबैलाई मित्र र शत्रु छुट्याउन सकिने गराइन्छ र युद्ध मैदानमा अघिल्लो मोर्चा सम्हाल्न सक्ने बनाइन्छ।

भारतले राष्ट्रिय सुरक्षाका निम्ति भने पनि यी रोबोट सैनिकहरु चिन र पाकिस्तानलाई ध्वाँस दिन बनाएको हो कि भन्ने प्रतित हुन्छ।

Link: india-is-going-to-make-Robot-Force

0 comments:

Post a Comment