यस्तो छ जियाले लेखेकी सुसाइट नोट (नोट सहित )

By
Advertisement
वलिउड नायिका जिया खानले आत्महत्या गरेको तीनदिनपछि उनले लेखेको भनिएको सुसाइट नोट भेटिएको खबर भारतीय मिडियाले प्रसारण गरेका थिए । प्रहरीले अझै पनि यो नोट जियाले लेखेकी हो वा होइन भन्ने बारे अनुसन्धान गरिरहेको छ ,..


जियाकी आमाले उक्त नोटको १ प्रति फोटोकपी प्रहरीलाई बुझाएकी थिइन् । जियाकी आमाले जियाको प्रेमी सुरजले धोका दिएको कारणले छोरीले आत्महत्या गरेको मिडिया समक्ष बताएकी थिइन् ।

तर यो घटनाको बारेमा सुरजको भनाइ भने मिडियामा आएको छैन ।

सार्बजनिक भएको ६ पेज लामो सुसाइट नोटमा जियाले आफू गर्भवती भएर गर्भ फालेको, सुरजले आफूलाई समय नदिएको, वास्ता नगरेको जस्ता कुराहरु लेखेकी छिन् ।

जियाले सुरजले बलात्कार गरेको र त्यसपछि गर्भ बसेको कुरा पनि उल्लेख गरेकी छिन ।

नोटमा सुरजले जिन्दगि भर रमाइलो मात्र गर्ने गरेको र केटीलाई मात्रै महत्व दिने गरेकोले जिया निक्कै दुखि भएको पनि उल्लेख छ । नोटमा सुरजको लागि धेरै गरेको तर सुरजले भने जियाको मायालाई महत्व नदिएकोले बाच्नुको कुनै अर्थ नभएको भन्दै नव्यूँझने गरी सुत्न लागेको लेखिएको छ ।

हेर्नुहोस जियाले लेखको भनिएको ६ पेजको सुसाइट नोट.....



जियाकी आमाले मिडियालाई लेखेकी पत्र



यी नोट अनि जियाकी आमाले मिडियालाई लेखेकी पत्र भारतीय मिडियाका वेबसाइटबाट लिईएको हो ।

Link :note-written-by-Jiya-Khan

0 comments:

Post a Comment