ह्यारीको नाङ्गो तस्बिर छाप्ने पहिलो बेलायती पत्रिका द सन

By
Advertisement


अमेरिकाको लस भेगस एक सुबिधा सम्पन्न होटलमा स्ट्रिप बिलियर्ड खेल्दै गर्दा खिचिएको भनिएको २७ बर्षे बेलायती राजकुमार ह्यारीको नग्न तस्बिर बेलायतमा सबै भन्दा पहिला "द सन"ले छापेको छ |

८० लाख पाठक भएको यो पत्रिकाले बेलायति राजकुमार ह्यारीको यस्तो नाङ्गो तस्बिर छापेपछि त्यहाँ तहल्का नै मच्चिएको छ | बेलायतमा यो तस्बिर सार्बजनिक गर्न मिल्ने वा नमिल्ने भन्ने कुरामा बहस जारी हुदा हुदै "द सन्" ले राजकुमारलाई मनपराउने पाठकको यो तस्बिर हेर्न पाउने अधिकार छ भन्दै छापिदिएको छ |

बेलायती राजकुमारको नाङ्गो तस्बिरहरु इन्टरनेटमा (फोटो फिचर)

राजपरिवारका आफन्त तथा सहयोगीहरुले भने यो राजकुमारको निजि मामला हो भन्दै उनको निजि जिबनको सम्मान गर्दै यो तस्बिर प्रकाशन नगरिदिन आग्रह गरेका थिए | तेस्रो नम्बरका उताराधिकारी रहेका ह्यारीको यो तस्बिर संसारका धेरैले हेरिसकेको र आफ्नो पाठकहरुले पनि हेर्न पाउनु पर्ने अधिकार रहेको रहेको पत्रिकाले जनाएको छ |

द सनका सम्पादकले आफुले कुनैपनि नैतिक निर्णय नगरी स्वतन्त्र पत्रकारिताको सिदान्त अनुसार नै यो तस्बिर प्रकाशन गरेको जनाएका छन् | उनले राजपरिवारका सदस्य र तेस्रो नम्बरका उत्तराधिकारी समेत रहेकाले यो बिषयमा बहस गर्न पाउनु पाठकको अधिकार भएको कुरा पनि बताएका छन् |

ह्यारीको इज्जतमा यो तस्बिरले निक्कै ठुलो धक्का दिएको छ | यो भन्दा अघि पनि उनि २-३ वटा बिबादमा तानीइ सकेका छन् |

0 comments:

Post a Comment