सामसुङले प्रविधि चोरेको भन्दै एप्पललाई १ अर्ब डलर तिर्नु पर्ने निर्णय

By
Advertisement
अमेरिकाको एक चर्चित कम्पनि एप्पलको महत्वपुर्ण सुविधाहरुको चोरीको आरोपमा दक्षिण कोरियाली कम्पनी सामसुङले एप्पल लाइ १.०५१ अर्ब डलर जरिवाना तिर्नु परेको छ |

प्याटेन्ट अधिकारलाइ हालिएको यस मुद्धाको निक्कै चर्चा भएको थियो | दुवै कम्पनीले प्याटेन्ट अधिकारको चोरीको दोष एकल अर्कालाइ थुपार्दै आइरहेका थिए |


अमेरिकाको एक अदालतले सामसुङले एप्पल माथि हालेको मुद्दा पनि खारेज गरिदिएको छ | सामसुङले पनि एप्पल माथि आफ्नो प्रविधि बिना स्वकृति एप्पलले चलाएको भन्दै मुद्दा दायर गरेको थियो | अदालतले सामसुङको केहि उपकरणमा एप्पलको प्रविधि प्रयोग गरिएको छ भन्दै एप्पलको पक्षमा फैसला सुनाएको हो |

Samsung world's no.1 Mobile Company

यो फैसलाले सामसुङललाइ निक्कै ठुलो धक्का पर्ने देखिएको छ | सामसुङको ग्यालेक्सी तथा स्मार्टफोनहरुमा यो निर्णयको असर पर्ने देखिएको छ | निर्णय लगतै अमेरिकामा सामसुङका केहि उत्पादनको आयात तथा बिक्रि वितरणमा रोक लाग्ने सम्भावना बढेको छ |

एप्पलले यो मुद्दामा जित्नु आफ्नोलागि निक्कै ठुलो उपलब्धि भनेको छ | आइफोन, आइप्याड बनाएर चर्चित भएको यो कम्पनिले सामसुङलाइ ब्यापारिक नियम सहित अरु सात प्याटेन्ट अधिकार हनन् गरेको भन्दै २.५ अरब डलर क्षतिपूर्ति माग्दै मुद्दा दर्ता गरेको थियो |

उता सामसुङले एप्पलले लगाएको आरोपको खण्डन गर्दै आफ्नो प्रविधि प्रयोग गरि एप्पलले ५ प्याटेन्ट अधिकारको दुरुपयोग गरेको भन्दै लगभग ५२ करोड डलर जरिवानाको माग गरेको थियो |

यो मुद्दाको एप्पलको पक्षमा सुनुवाई भए पनि सामसुङले हाल चलाई रहेको प्रविधि यथावत राख्न पाइने हो या होइन भन्ने कुनै पनि जानकारी बाहिर आएको छैन |

एप्पल भर्खरै मात्र विश्वको सर्बाधिक सम्पत्ति भएको कम्पनीको सुचिमा पहिलो नम्बरमा उक्लेको थियो |

यी पनि हेर्नुहोस......

Apple vs. Samsung: S. Korea court rules iPhone not copied

Apple vs. Samsung: iPhone wasn't copied by Samsung, South Korean court rules

Apple vs. Samsung: California jury awards Apple $1 billion



0 comments:

Post a Comment