सुर्यमा बिस्फोट, खतराको संकेत

By
Advertisement
बिहिबार करिब साढे १२ बजे तिर सुर्यमा ठुलो बिस्फोट भएको छ | बैज्ञानिकहरुले यसको असर आज शनिबार देखा पर्ने बताइरहेका छन् |

उनिहरुले स्याटेलाइट ठप्प हुन सक्ने र संचार ब्यबस्था गढबढ हुन सक्ने बताइरहेका छन् |


सुर्यमा भएको यस बिस्फोटको बारे नासा लगायत अन्य बैज्ञानिकहरु अनुसन्धान गरिरहेका छन् | झट्ट हेर्दा रिबन जस्ता दखिने दुइ आकृतिको बिस्फोट करिब तिन घण्टा सम्म भैरहेको थियो |

अनुसन्धान कर्ताका अनुसार सुर्यको सतहमा भएको यस बिस्फोट बाट १० करोड इलेक्ट्रोनिक भोल्ट शक्ति निस्केको थियो अर्थात् एकै पटक १०० मेगाटन हाइड्रोजन बम पड्केको बराबर भएको थियो |

तर सुर्यमा बिस्फोट भएको यो पहिलो पटक भने होइन यो भन्दा पहिला पनि धेरै पटक यसरि सुर्यको सतहमा बिस्फोट भएको थियो | पहिलो पटक सन् १८५९ मा सुर्यमा बिस्फोट भएको रेकर्ड गरिएको थियो | त्यसपछि आज सम्म सुर्यको सतहमा १६० बिस्फोट भएको रेकर्ड छ |

यो घटनाले पृथ्वी लगायत ग्रह अनि उपग्रहको लागि खरता उत्पन्न गर्न सक्ने छ | सुनामी तर अन्य प्राकृतिक प्रकोपको सम्भावना रहेको अनुसन्धानकर्ताहरुले बताएका छन् |

Link : blast-from-the-sun-headed

0 comments:

Post a Comment