Student Politics in University: Sajha Sawal Episode 291

By
Advertisement
संविधानसभा चुनावको पूर्वाभ्यास को रुपमा समेत हेरिएको स्ववियू चुनाव अव हुने वा नहुने दोसाँधमा छ ।

कतिपयले चार वर्षपछि हुन लागेको स्ववियू चुनाव यसपटक पनि हुन सक्दैन भन्न थालिसकेका छन् ।

 नक्कली विद्यार्थी भर्ना, करोडौं रकमको चलखेल, क्याम्पसहरुमा विद्यार्थी संगठनहरुको झडप जस्ता गतिविधि बढ्न थालेपछि स्ववियूको औचित्यमाथि पनि प्रश्न उठाएका छन कतिले ।


विश्वविद्यालयमा अहिलेको जस्तै विद्यार्थी राजनीति आवस्यक छ कि छैन? आज साझा सवालमा विश्वविद्यालयको विद्यार्थी राजनीतिका बारेमा छलफल भएको छ ।

 तपाईंको परिवारका सदस्य वा नजिकका आफन्त विश्वविद्यालय र क्याम्पसहरुमा उच्चशिक्षा अध्ययन गर्दै हुनुहुन्छ होला । विश्वविद्यालयमा अहिले भइरहेको विद्यार्थी राजनीति -- यस्तै हुनुपर्छ कि फेरिनु पर्छ ?

साझा सवालको यो छलफलमा एनेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मा, पूर्व विद्यार्थी नेता एवं नेपाली कांग्रेस नेता कमला पन्त र काठमाण्डौ विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा हुनुहुन्छ ।

0 comments:

Post a Comment