एक दुइ दिन भित्रै आउने भो S L C रिजल्ट

By
Advertisement
परिक्षा नियन्त्रण कार्यालयले SLC (२०६९/७० )को रिजल्ट एक दुइ दिन मै सार्बजनिक गर्न लागेको छ ।

परीक्षाफल प्रकाशित गर्नको लागि आबस्यक सबै तयारि पुरा भैसकेको पनिकाले जनाएको आजको अन्नपुर्ण पोस्टमा खबर छ ।

सबै उत्तरपुस्तिका जाच्ने काम सकिई नतिजालाई कार्यालयको सर्भरमा इन्ट्री पनि गरिसकिएको पनिकाले जनाएको छ ।

 सिम्बोल नम्बर तथा प्राप्ताङक दोहोर्‍याएर परिक्षण गर्ने कार्य पनि अन्तिम चरणमामा पुगेकोले एक दुइ दिन भित्र नै नतिजा सार्बजनिक हुनेछ ।


ढिलोमा पनि मंगलबार सिम्बोल नम्बर तथा प्राप्ताङक दोहोर्‍याएर परिक्षण गर्ने कार्य सकिने छ  र सके सम्म मंगलबार नभए बुधबार SLC को नतिजा प्रकाशन हुने छ ।

परिक्षा नियन्त्रण कार्यालयको नियम अनुसार परिक्षा सम्पन्न भएको ३ महिना अर्थात् ९० दिन भित्र नतिजा सार्बजनिक गर्नु पर्ने हुन्छ ।

सोहि अनुरुप असार ३१ गते भित्र नै नतिजा सार्बजनिक गरिसक्न पनिकाले तयारी गरेको हो । गत बर्ष पनि सर २१ गते SLC को परिक्षाफल प्रकाशित भएको थियो ।

0 comments:

Post a Comment