
राति करिब ११ बजेदेखि आगलागी सुरु भएको थियो । प्रहरीले आगो भुसे चुल्होबाट सल्केको अनुमान गरेको छ । आगो लागेपछि अन्य घरमा भएका ६ वटा ग्यास सिलिन्डर पनि पड्किएकोले थप क्षति भएको प्रहरीको भनाइ छ ।
राति देखि लागेको आगो निभाउन सेना, जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटिएका प्रहरी र स्थानीय बासिन्दाले २ घण्टा लगाएर उक्त आगो नियन्त्रणमा लिएका थिए ।
उक्त टहराहरुमा मान्छे नबसेका र पक्कि घरमा बसेकाहरु भागेकाले कुनै मानबिय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
आगलागी प्रभावितलाइ सहयोग गर्न स्थानीय संघ संस्थाले तयारी थालेका छन् ।
0 comments:
Post a Comment