विजयादशमी २०६९ को उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाई दिदि बहिनिहरुको सुख, शान्ति तथा दिर्घायुको कामना गर्दछु |
केशब घिमीरे
सस्थापक www.Freesansar.net
विजयादशमीका दिन ८ कार्तिक बिहान १०:३५ बजे देवी विसर्जन र बिहान ११:२९ बजे टीका लगाउने शुभसाइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
टीका साइत बिहान ११:२९ मा भए पनि देवी विसर्जनपछि दिनभरि नै शुभसाइत रहेको निर्णायक समितिका अध्यक्ष डा. माधव भट्टराईले जानकारी दिएका छन् ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रूपमा विजयादशमी मनाइन्छ । घटस्थापनादेखि नौ दिनसम्म दशैंघरमा दुर्गाभवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका आज लगाउने प्रचलन छ ।
आजका दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथा दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।
राष्ट्रपतिद्वारा टीका
राष्ट्रपति डा रामवरण यादवले विजयादशमीका दिन बुधबार अपराह्न १२:३० बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम छ ।
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिको हातबाट टीका ग्रहण गर्न इच्छुक महानुभावका लागि अपराह्न ५ बजेसम्म शीतल निवासको ढोका खुल्ला रहने छ ।
-हिमाल खबर
0 comments:
Post a Comment