आज लक्ष्मी पुजा

By
Advertisement


विराटनगर, २८ कात्तिक । हिन्दु धर्मावलम्बीहरूको महान चाड तिहारको अवसरमा विराटनगर उपमहानगरपालिका र वरिपरिका बजार हरियालीमय भएका छन् ।

यो हरियाली वृक्षरोपणले नभई तिहारका लागि आ–आफ्ना घर र पसल अगाडि केराको बोटमा गरिएको सजावटले यस्तो भएको हो ।


विराटनगरमा आज केराको बोट रु १०० देखि रु २०० सम्ममा बिक्री भएको छ भने ग्रामीण बजारमा रु ५० देखि रु १०० सम्ममा बिक्री भएको पाइएको छ ।

यसका लागि मानिसले गाउँगाउँबाट केराको बोट रिक्सा र ट्र्याक्टरमा ल्याएर बिक्री गरेका छन् ।

लक्ष्मी पूजाको अवसरमा आज मानिसले घरमा लक्ष्मीको पूजा गर्ने, घर सफासुग्घर राखी रङ्गीचङ्गी बिजुलीबाट झकिझकाउ पार्ने, दियो बाल्ने परम्परा छ भने ग्रामीण क्षेत्रका बालबालिका सन्ठीको विडो बनाएर हुकाहुकी खेल्ने चलन छ ।

आज सुनसरीको दुहवी, इनरुवा, झुम्का, इटहरी र मोरङको विराटनगर, रङ्गेली, रानीजस्ता बजार पनि निकै सिँगारिएको छ ।

धनकी देवी लक्ष्मीलाई प्रसन्न राख्नसके वर्षभरि नै घरमा लक्ष्मीको बास हुने र मानिसलाई अन्नबाली, धन सम्पत्तिको अभाव नहुने धार्मिक मान्यता छ ।

यसैगरी, विराटनगरको लक्ष्मी नारायण मन्दिरमा पनि आज बिहानैदेखि मानिसको चहलपहल बढेको छ ।

यसैगरी बजारमा रङ, अबिर, फूलमाला र भाइटीकाका लागि हातमा बाँध्ने मालालगायत सामग्रीको निकै बिक्री बढेको छ । रासस

0 comments:

Post a Comment