माओबादीमा फुटको क्रम जारि, मातृकाको पार्टी पनि फुट्यो

By
Advertisement
मातृका यादव अध्यक्ष रहेको नेकपा माओवादीका २८ जिल्ला सेक्रेटरीहरुले नयाँ संयुक्त क्रान्तिकारी मोर्चा गठन गरेका छन् ।

पार्टी अध्यक्ष यादवको नेतृत्वमा एकाधिकारबादी, मनोगत र गोलचक्करवादी चिन्तन भएको आरोप लगाउँदै उनीहरुले माओवादीबाट अलग भएको बताएका छन् ।

मंगलबार पत्रकार सम्मेलन गरेर उनीहरुले २०५२ सालमा सुरु भएको जनयुद्ध चुनवाङ वैठक हुँदै १२ बुँदै दिल्ली सम्झौतामा लगेर जनयुद्धको अवसान गराएको र कथित बृहत शान्ति सम्झौतासम्म आईपुग्दा माओवादी पार्टीको अस्तित्व समाप्त पछि यादवको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने मुल उद्देश्यका साथ नयाँ पार्टीको गठन भए पनि यादवको संकिर्ण स्वभाव, फूट परस्त स्वभाव र वैज्ञानिक अडान नभएको कारण आफूहरुले नयाँ मोर्चा गठन गर्नुपरेको दावी गरेका छन् ।

पत्रकार सम्मेलनका नवगठित मोर्चाका संयोजक अशोक लामाले भने, 'अहिलेको परिस्थितिमा मालेमावादी सिद्धान्तको रक्षा गर्दै दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि बृहत क्रान्तिकारी मोर्चाको आवश्यक भएको महशुस गर्दै हामीले नेकपा (माओवादी) सँग सम्बन्ध विच्छेद गरी नयाँ मोर्चा गठन गरेका हौं ।'

अर्का सदस्य बलराम राईले नेकपा (माओवादी) पार्टी र मुलुकभर रहेका बसै क्रान्तिकारी योद्धाहरुलाई वास्तविक क्रान्तिकारी पार्टी निर्माणमा लामबद्ध हुन आव्हान गर्दै मंगलबारकै मितिबाट पार्टीसँगको सबै खाले सम्बन्ध विच्छेद गरेको बताए ।

नयाँ क्रान्तिकारी मोर्चामा नेकपा (माओवादी) का केन्द्रीय सदस्य अशोक लामा, बलराम राई, भूपेन्द्र न्यौपानेलगायत २८ जना जिल्ला सेक्रेटरीहरु छन् ।
source: kantipur

0 comments:

Post a Comment