भूमिगत जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल सार्बजनिक

By
Advertisement
यो नया पार्टी भने होइन तर २०६२ सालमै दर्ता भएर भूमिगत रहेको पार्टी हो | यसले भूमिगत अवस्था मै आफ्नो राजनीतिक संजाल फैलाउदै आएको छ |

मुलुकलाई आर्थिक रुपले समृद्ध बनाउने उदेश्य लिएको यो पार्टीको युनिटी लाइफ संग कुनै पनि सम्बन्ध नरहेको पार्टिका सस्थापक अद्यक्ष तथा समन्वय समितिका सभापति तोयानाथ दाहालले जानकारी दिनु भएको छ |

बेरोजगार युबाहरुलाई देशमै रोजगारीको अवसर सिर्जना गरि मुलुकलाई आर्थिक रुपमा सम्पन्न गराउन शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटनमा सहकारीको माध्यम बाट लगानी गरि देशमा रहेको जनशक्तीलाई परिचालन गर्ने यो पार्टीको उदेश्य रहेको छ |

मंगलबार रिपोर्टस क्लब मा पत्रकार सम्मेलन गरेर स्थापित ठुला भनौदा पार्टीहरुले देशलाई आर्थिक संकटमा पारेकोले नेपालका कर्मशील युबाहरु बिदेशिन बाध्य भएको तथा खाद्यान्न तथा तरकारी जस्ता अत्याबश्यक सामग्रीहरुको मूल्य चौबर बनाएर जनतालाई भोक्कै रहन बाध्य पारिएकोले वहुदलीय प्रतिष्पर्धामा राजनीतिक निकास दिएर नेपाली जनतालाई सार्वभौम सम्पन्न बनाउन को लागि युनिटी जन्मिएको बताइएको छ |

0 comments:

Post a Comment