अस्पताल भनेको रोगीको उपचार गर्ने र उस्लाई बचाउने हो तर गोंगबु स्थित बिनायक हस्पिटलले फाइल साटिएको भन्दै रक्तचापको बिरामीलाई औसधि नदिइ अपरेसन गर्न खोज्यो |
आफ्नो गल्ति नै होइन यो सामान्य कुरा हो भन्दै अस्पतालले अझ यो कुरा बेवास्ता गर्दै छ | आफ्नो यत्रो गल्ति लाइ सानो भन्दै रेस्टुरेन्टमा गरिएको अर्डर संग तुलना गर्दै सामान्य गल्ति भन्नु कत्तिको जायज हुन्छ त ?
हुन त यो भन्दा अघि पनि नेपाल मा यस्तो घटना नभएको भने होइन | सरकारले यस्तो गल्ति गर्ने विरुद्ध कुनै कदम नचाल्नु कुनै कारबाही नगर्नुले पनि यिनीहरु ले जस्तो गल्ति गरे पनि सामान्य रुपमा लिनु स्वभाबिक भएको छ |
स्वास्थ्य क्षेत्रमा गरिने यस्तो लापरबाहीको कारणले मानिसको ज्यान पनि जान सक्छ | यस्तो गम्बिर कुरामा अस्पताल ले किन सधै लापरबाही गर्छ ??
सरकार सधै किन यस बिसयमा मौन छ | यो घटनाको बारेमा पुरा जानकारी लिन हिमालयन टेलिभिजनले तयार पारेको मिसन न्युजको यो भाग हेरौं
0 comments:
Post a Comment