सुनचाँदीको भाउ ह्वात्तै घट्यो, अझै घट्ने सम्भावना

By
Advertisement
केहि दिन देखि लगातार ओरालो लागेको सुनको मुल्य आज पनि ओरालो नै लागेको छ ।

 डलरको भाउमा खासै परिवर्तन नभएपनि अन्तराष्ट्रिय बजारमा नै सुनको भाउमा गिरावट आएकोले नेपाली बजारमा पनि यसरि सुनको मूल्यमा कमि आएको नेपाल सुन चांदी ब्यबसायी महासंघले जनाएको छ ।
महासंघले हिजो मंगलबार भन्दा आज बुधबार सुन प्रतितोला ८ सय ५० रुपैयाले घटेर ४९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको जनाएको छ ।

यस हप्ताको सुरुको दिन आइतबार प्रति तोला ५० हजार ५ सय रुपैयाँ रहेको सुन सोमबार ५० हजार ४ सय रुपैयामा कारोबार भएको थियो ।
मंगलबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस १२ सय ७८ डलर थियो भने बुधबार भने घटेर प्रतिऔँस १२ सय ५२ डलर रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटिरहेको कारण नेपाली बजारमा सुनको मुल्यमा अझै कमि आउन सक्ने ब्यबसायीले जनाएका छन् ।

नेपाली बजारमा चाँदीको भाउ तोलामा २० रुपैयाले घटेर ७ सय ९० रुपैयामा कारोबार भएको छ ।

Gold price drops by Rs 850

Link: Gold-price-drops-again