काठमाडौँ, १२ मङ्सिर । तीनथाना गाविस–८ स्थित ढुङ्गेअड्डामा गए राति भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
कलङ्कीबाट थानकोटतर्फ जाँदै गरेको बा ३६ प ५६३९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आएको ना ३ ख ७०१० नम्बरको टिपरले ठक्कर दिँदा लैनचौरका ३८ वर्षीय चन्द्रज्योति महर्जन गम्भीर घाइते भई स्थानीय समाज अस्पतालमा उपचारका क्रममा राति ९ बजे उनको मृत्यु भएको हो ।
टिपर नियन्त्रणमा लिइनाका साथै चालक ४२ वर्षीय टीकाराम तामाङलाई महानगरीय प्रहरी वृत्त कालिमाटीमा राखिएको महानगरीय ट्राफिक महाशाखाका प्रहरी सहायक निरीक्षक विष्णु थापाले बताउनुभयो । रासस
सडक दुर्घटनामा मृत्यु

Like This Post? Please share!

Subscribe through email and get Free updates
You May Also Like...
- फेरी आकासियो सुनको भाउ : Gold Price
- पेट्रोलियम पदार्थको मूल्य बढ्यो
- बुधबार पनि घट्यो सुनको भाउ
- मंगलबार घट्यो सुनको भाउ
- र्याफ्टिङ का क्रममा नायक राजेश हमाल बागमतीमा खसे ...
- कस्तो भाग्य रैछ यी बालकको, जन्म दिने आमा देखि कर्म दिन्छु भन्ने सबैले छोडे
- सुनको मुल्यमा भारि गिरावट
- बिहिबार सुनको भाउ लाग्यो ओरालो
- अचम्मित पार्ने गरि आकासियो सुनको भाउ
- बेलबारीमा सामुहिक बलात्कारको घटना सार्बजनिक
0 comments:
Post a Comment